१२ कार्तिक २०८३, बिहिबार

मुखर्जी नेपालमा रहेकै बेला यसरी भयो नेपाली भूमिमाथि भारतीय अतिक्रमण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

वीरगञ्ज, १८ कात्तिक । वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगीले सीमावर्ती भारतीय सहर रक्सौलमा रहेको नेपाल रेल्वेको जग्गा प्रयोग गर्न नपाउँदा भारतीय रेल्वेको जग्गा प्रयोग गरेबापत करोडौं रुपैयाँ स्टेसन भाडा र बिलम्ब शुल्क तिरिरहेका छन् ।

रक्सौलको भारतीय रेल्वे स्टेसनसँगै टाँसिएको नेपाली रेल्वेको जग्गा नेपाल सरकार र सम्बन्धित निकायको लापरबाहीले गर्दा भारतीयले अतिक्रमण गरी घर, टहरा बनाएर बसेका छन्, जसले गर्दा स्वदेशी व्यापारीले प्रयोग गर्न सकेका छैनन् । नागरिक दैनिकले समाचार छापेको छ ।

स्टेसनसँगै रहेको नेपाली रेल्वेको जग्गामा व्यापारीको लागि सेड बनाइदिन नेपाल सरकारसँग वीरगन्ज उद्योग बाणिज्य संघले पटपटक आग्रह गरेपनि सुनुवाई नभएको व्यापारीको गुनासो रहेको छ ।

तत्कालीन ब्रिटिस सरकारसँग नेपाल सरकारले सन् १९२७ जुन १९ मा सो जग्गा ३१ हजार ७ सय २५ भारतीय रुपैयाँमा खरिद गरी रक्सौलबाट बाराको अमलेखगन्जसम्म रेल सञ्चालन गरिएको थियो ।

जुन रेल ३८ वर्षअघि बन्द भएपछि त्यहाँ रहेको नेपाल रेल्वेको जग्गा र भौतिक संरचना भारतीयको आतिक्रमणमा परेको छ ।