१ कार्तिक २०८३, शनिबार

अमेरिकी राष्ट्रपति निर्वाचनमा नेपालीहरूद्वारा मतदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

americaटेक्सस, १८ कात्तिक । अमेरिकामा रहेका नेपालीहरुले यस पटकको राष्ट्रपति निर्वाचनमा उल्लेख्य रुपमा सहभागिता जनाएका छन् ।

राष्ट्रपति निर्वाचनको एकसाता अघिदेखिनै अमेरिकाको बिभिन्न राज्यहरुमा रहको नेपालीहरुले आफ्नो अनुकुलतामा मतदान गरिरहेका छन् ।

एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलले मंगलबार ड्यालसको युलेसस्थित पुस्तकालयमा स्थापना गरिएको ‘अर्ली भोटिङ सेन्टर’मा पुगेर मतदान गरे । त्यसअघि आइतबारनै नेपाली समुदायका रमेश ज्ञवाली लगायत थुप्रैले आफ्नो नजिक रहेको मतदान केन्द्रमा पुगेर भोट खसालेका थिए ।

चुनाव आउन अझै ६ दिन बाँकी छ । तर अमेरिकी सरकारले राज्य अनुसार कम्तिमा एक हप्तादेखि तीन हप्ता अघि नै मतदान गर्न सक्ने गरी ‘अर्ली भोटिङ सेन्टर’हरु स्थापना गरेको छ ।

ठाउँमा कार्यालय समयमा आफ्नो अनुकुलतामा गएर मतदान गर्न सकिन्छ ।

विगतका वर्षहरुको तुलनामा यस पटक मतदान गर्न पाउने नेपालीहरुको संख्या उल्लेख्य रुपमा बढेको छ । मतदान गर्नका लागि अमेरिकी नागरिकता लिएको हुनुपर्छ । हरेक वर्ष अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या उल्लेख्य रुपमा बढिरहेको छ ।

ओक्लाहोमाका नरहरि पाण्डेले यसै वर्ष अमेरिकी नागरिकता लिएका हुन् । उनी भन्छन्, ‘म पहिलो पटक अमेरिकामा भोट हाल्दैछु । प्रकृया बुझ्नै समय लाग्ला जस्तो छ । संसारकै प्रजातान्त्रिक मुलुकमा भोट हालेर राष्ट्रपति चुन्न पाउँदा खुशी लागेको छ ।’

वर्षेनी अमेरिकी नागरिकता लिने नेपालीको संख्या बढ्दो छ । कानुनी भाषामा ‘नेचुरलाइजेसन’ भनिने नागरिकता लिने बाटोमा गएपछि जन्मसिद्ध नागरिक भएका अमेरिकी सरह सुविधा पाइन्छ ।

राष्ट्रपतिको उम्मेदवार हुन भने पाइदैन । राष्टपतिको उम्मेदवार हुनका लागि अमेरिकामा जन्मसिद्ध नागरिकता प्राप्त गरेको हुनुपर्छ ।

वर्षेनी पाँचदेखि ६ हजार नेपालीले नागरिकता लिने गरेको तथ्यहरुले देखाएका छन् । ग्रीनकार्ड लिएको पाँच वर्षमा नागरिकता लिने बाटो खुल्छ। तर नागरिकताका लागि मौखिक परीक्षा उत्तीर्ण हुनुपर्छ ।

नेचुरलाइजेसनको शुल्क तिरेर आवेदन दिएपछि युएससिआइएसले सबै जाँचबुझ गर्छ ।