१ कार्तिक २०८३, शनिबार

जनसम्पर्क समिति अमेरिकाको बिबाद यसरी मिल्ने भयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jana-samparkaअमेरिका । विवादमा रुमल्लिएको जनसम्पर्क समिति अमेरिकामा एकता पहल शुरु भएको छ । तिहारको अवसरमा जनसम्पर्क समितिका केही पदाधिकारीहरूकै अग्रसरमा यो कार्यको सुरू भएको हो ।

एकताका लािग गत शुक्रवार दिपावलीको अवसर पारेर समितिका वरिष्ठ उपाध्यक्ष धनञ्जय नरसिंह केसीले शुभकामना सन्देशमार्फत सबैलाई आव्हान गरेका छन । उनले अमेरिका जस्तो मुलुकमा जनसम्पर्कको विवाद चुलिनु एकदम दुःखदायी भएको स्वीकार गरेका छन् । आफ्ना माग र असहमति सबै जना एक भएर वार्ताद्धारा समाधान गर्न पर्नेमा पनि उनले जोड दिएका छन् ।

यसरी एक आपसमा विवाद गरी अघि वढ्दा संस्था नै गम्भिर दुर्घटनामा पर्न सक्ने तर्फ ध्यान दिदै उनले हाल कार्यसमितिका अध्यक्ष आनन्द विष्ट र महासचिव मुनिन्द्र नेवाङ्गको भुमिका पनि औंल्याएका छन ।

वरिष्ठ उपाध्यक्षको प्रेस विज्ञप्तिले जनसम्पर्कका अन्य अधिकारीहरुको पनि ध्यान आकृष्ट भएको बताइएको छ । यसै विषयमा संस्थाका अध्यक्ष आनन्द विष्टसंग सम्पर्क गर्दा उनले आफूले यस विषयलाई अत्यन्त सकारात्मक रुपमा लिएको वताएका छन् ।

उनले जनसम्पर्क अमेरिकाको हालको अवस्था आउन सबै केही न केही रुपमा दोषी भएको हुँदा अब संस्थालाई एकवद्ध बनाई उभो लगाउने जिम्मा पनि आफूहरु सवैको भएको बताएका छन् ।

यसका लागि उनले आफूले जस्तो सुकै त्याग गर्न पनि पछि नपर्ने पनि बताए । उनले संस्थाका विभिन्न साथिहरुसंग यस विषयमा वार्ता अगाडि वढाइएको र दिपावली पश्चात यस विषयमा अझ सशक्त भएर काम गर्ने बताएका छन ।