१ कार्तिक २०८३, आइतबार

कँग्रेस नेता राहुल र दिल्लीका उप-मुख्यमन्त्री सिसोडिया पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rahul Gandhi

नयाँ दिल्ली (भारत), १७ कात्तिक । भारतीय कँग्रेसका नेता राहुल गान्धी र दिल्लीका उप–मुख्यमन्त्री मनिस सिसोडियालाई भारतीय सुरक्षाकर्मीले आरएमएल अस्पताल परिसर, दिल्लीबाट बुधबार पक्राउ गरेको छ ।

उहाँहरु ओआरएपी मुद्दापछि आत्महत्या गरेको भनिएका पूर्व कर्मचारीका आफन्तजनलाई भेट्न आरएमएल अस्पताल पुग्नुभएकोमा कँग्रेस नेता राहुललाई अस्पताल परिसरभित्र सुरक्षाकर्मीले पस्न नदिएको बताइएको छ ।

उक्त असवरमा नेता गान्धीले मोदी सरकारविरुद्ध व्यापक आलोचना गर्दै पत्रकारसँग भन्नुभयो, ‘के प्रजातान्त्रिक व्यवस्थामा विश्वास गर्ने सरकारले यसरी काम गर्नु राम्रो हो ?’

यसैबीच गान्धीलाई नियन्त्रणमा लिएपछि प्रतिक्रिया दिदै अस्पतालमा हुने स्वास्थ्य सेवालाई रोकिन नदिनु सुरक्षाकर्मीको जिम्मेवारी भएको भारतीय उच्च प्रहरी अधिकृत एम के मीनाले भन्नुभयो । “हामी दिल्लीमा अस्पतालभित्र कुनै पनि राजनीति हुन दिन्नौँ । प्रजातन्त्र भनेको स्वास्थ्य सेवालाई विनाविवाद सञ्चालन हुन दिनु होइन र ?”

मीनाले कँग्रेस नेता गान्धीलाई मन्दिर मार्ग प्रहरी स्टेसनमा राखिएको जानकारी गराउनुुभयो ।

यसैबीच दिल्लीका उप–मुख्यमन्त्री सिसोडियाले भने अस्पतालभित्र प्रवेश गरी मृतकका आफन्तजनलाई भेट गर्नु भई बाहिर निस्किने क्रममा उहाँलाई पक्राउ गरिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार सिसोडिया सर्वसाधारणको एउटा गाडीमा गई मृतकका आफन्तजनलाई भेट्नुभएको हो । रासस/पीटीआई