१ कार्तिक २०८३, आइतबार

म्यानमारमा जिका भाइरसविरुद्ध सतर्कता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

zika_virus_in_blood_illustrationयाङ्गोन, १७ कात्तिक । म्यानमारले जिका भाइरसविरुद्ध सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ ।

म्यानमारको पुरानो राजधानी सहर याङ्गोनमा जिकाको एक विरामी भेटेपछि सो विरुद्धमा उच्च सतर्कता अपनाएको जनाइएको छ ।

एकजना ३२ वर्षीय विदेशीलाई सो भाइरसले छोएको पाइएको समाचारमा जनाइएको छ । सो संक्रमण लामखुट्टेको टोकाईबाट लाग्ने गर्दछ ।

यसबाट गर्भवती महिलालाई विशेष रुपमा सतर्क रहन बढी आग्रह गरिएको छ । यस्तो संक्रमणबाट ती महिलाको शिशुमा पनि सर्ने चिकित्सकको भनाई छ ।

लामखुट्टेको यस किटाणुबाट बच्नका लागि सतर्कता अपनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको समाचारमा जनाइएको छ ।

जिका भाइरसको संक्रमण भेटिएको म्यानमार एसियाको तेस्रो देश हो । यो भाइरस अत्यन्तै खतरनाक भएकोले विभिन्न देशले यसको निवारणका लागि सतर्कता अपनाउने गरेका छन् । – सिन्ह्वा