१ कार्तिक २०८३, आइतबार

काम गर्न नसकेको भन्दै अर्थमन्त्री पदबाट हटाइए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saudi-finmin_0रियाद, (साउदी अरब), १६ कात्तिक । साउदी नरेश सल्मान विन अब्दुलाजिज अल साउदले यहाँका अर्थमन्त्रीलाई सोमबार बर्खास्त गरेको कुरा साउदी समाचार एजेन्सीले जनाएको छ ।

खस्किदो अर्थतन्त्र र तेलकोे गिरावटलाई उकास्न मन्त्री र उच्च अधिकारीको तलव घटाउने जस्ता कडा निर्णयका बाबजुद देखा परेका जटिलताको प्रतिक्रियाका रुपमा नरेशबाट उक्त कदम चालिएकोे बताइएको छ ।

शाही आदेशले तत्कालिन अर्थमन्त्री इब्राहिम अल असफलाई वित्त बजार निगमका अध्यक्ष मोहम्मद अल जदानलाई राज्यमन्त्रीका रुपमा पुन नियुक्त गरेको छ ।

सोही आदेशले खाद्य तथा औषधी प्राधिकरण एवं सार्वजनिक यातायात प्राधिकरण जस्ता प्रमुख संस्थाका प्रमुखहरुलाई समेत बर्खास्त गरेको छ । – सिन्ह्वा