सौल, दक्षिण कोरिया । नेवाः पुच दक्षिण कोरिया द्वारा आयोजित नेपाल सम्बत ११३७ (न्हुःदया भिन्तुना) तथा सामुहिक म्हः पूजा कार्यक्रम अक्टोबर ३० तारिक आइतबार नेपाल हाउसमा भब्य रुपमा सम्पन्न भएको छ ।
नेपालको मौलिक सम्बत नेपाल सम्बत् नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रम कोरियामा रहेका नेवार समुदाय तथा नेपाली समुदायको संघ संस्थाको उल्लेखनिय बाक्लो उपथितिमा नेवारी परम्परा, संस्कृति, पहिरन, तिहार गित संगीत, बाजागाजा, नृत्य र मिष्ठान्न भोजन सहित उल्लासमय रुपमा सम्पन्न भएको थियो ।
कोरियास्थित नेपाली दूताबासका कार्यबाहक राजदूत किरन शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा विशेष अतिथिहरुमा एन आर एन आइ सि सि सदस्य द्वय बिनोद कुँवर, केसी सिटौला, एन आर एन कोरिया अध्यक्ष राजु क्षेत्री, आदिबासी जनजाती महासंघ कोरिया शाखा अध्यक्ष चित्र बहादुर मोक्तान, वमेन फर वमेन अध्यक्ष मल्लिका श्रेष्ठ थकाली, संस्थाका सल्लाहकारहरु सानु प्रजापती, गम्भीरमान श्रेष्ठ र पुरु जोशी रहनु भएको थियो भने विभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै आउनु भएका अतिथिहरुको पनि उपस्थित रहेको थियो ।
प्रमुख अतिथि कार्यबाहक राजदुत शाक्यले धेरै समय पहिला देखि मान्दै आएको मौलिक नेपाल सम्बतको सम्पुर्ण नेपालीहरुमा शुभकामना ब्यक्त गर्नुका साथै यसको महत्व र प्रचलनको बारेमा प्रष्ट पार्नु भएको थियो ।
यसरी देश बिदेशमा रहेर पनि आफ्नो संस्कृति, परम्परा र चाडपर्व सबै मिलेर एकअपसमा सद्भाव बाँडेर मनाउन पाएकोमा खुशी ब्यक्त गर्नु भयो ।
नेपाल सम्बतको ईतिहास र प्रचलन बारेमा डा. ओम सुवालले बृस्तृत रुपमा प्रोजेक्टर मार्फत आफुले संकलन जानकारिहरु अवगत गराउनु भएको थियो ।
















प्रतिक्रिया