१ कार्तिक २०८३, आइतबार

पाकिस्तानका लागि २० वर्षदेखि जासुसी गरिरहेका भारतीय सांसदका पीए पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

farat-khan

काठमाडौं, १४ कात्तिक । पाकिस्तानका लागि जासुसी गरिरहेको आरोपमा पक्राउ परेका फरहत खान भारतको समाजवादी पार्टीका सांसद मुन्नवर सलीमका प्रमुख सल्लाहकार (पीए) भएको खुलासा भएको छ ।

सांसद सलीमका पीए फरहत खानले विगत २० वर्षदेखि पाकिस्तानको खुफिया एजेन्सी आईएसआईका लागि जासुसी गर्दै आएको दिल्ली प्रहरीले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले पाकिस्तानलाई कस्ता सूचना र दस्तावेज उपलब्ध गराउथे भन्ने बारेमा दिल्ली पुलिस अनुसन्धान गरिरहेको छ ।

यता सांसद सलीमले फरहतलाई पीएबाट बर्खास्त गर्दै उनको गतिविधिबारे आफूलाई कुनै जानकारी नभएको प्रष्टिकरण दिएका छन् ।

दिल्ली प्रहरीका क्राइम डीसीपी भीष्म सिंहका अनुसार फरहतले १९९६ देखि लिएर हालसम्म ४ सांसदसँग पीए भएर काम गरिसकेका छन् ।