१ कार्तिक २०८३, शनिबार

अमेरिकामा देउसी-भैलोको बोहनी डिसीस्थित नेपाली राजदूताबासबाट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

desi-bhailo-usa-1

– विजय थापा

वाशिंगटन डीसी । अमेरिकाको डीसी महानगर क्षेत्रको मेरिल्याण्ड स्थित नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसिसि) को अगुवाईमा देउसी भैलो कार्यक्रम-२०१६ को बोहनी वाशिंगटन स्थित नेपाली राजदूताबासबाट गरेको छ ।

यस भेगका बिभिन्न स्थानमा अग्रिम सूचना दिएर निस्केको नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको टोलिले प्रथम पटक नेपाली राजदुताबासमा देउसी भैलो खेलेको छ l नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र टोलीको नेतृत्व सभापति खिलेन्द्र न्यौपानेले गरेका थिए भने डीसी महानगर क्षेत्रका झन्डै एक दर्जन स्थानमा देउसी खेल्ने योजना सहित टोलि निस्केको छ ।

desi-bhailo-usa

आफ्नो परम्परा र सांस्कृतिक मार्फत नेपाल र नेपालीको पहिचान कायम राख्दै नेपाली समुदायलाई उपस्थितिको लागि आब्हान गरिदा स्व-स्फूर्त रूपमा पुरुष, महिला, कलाकार तथा युवायुवती देउसी भैलो खेल्न उक्त टोलिलाई साथ दिएका छन् ।

देउसी भैलोको लागि संचारकर्मी परशु तिमिल्सिनाले भट्याउदा अरुले साथ दिएका थिए भने महिलाहरुले पनि भैलो गीत सामुहिक रुपमा गएका थिए । देउसी भैलो गीत बाहेक अन्य नेपाली गीतमा नाचगान पनि गरेका थिए ।

कार्यक्रममा राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि)ले केहि व्यक्तिहरुलाई मखमली फूलको माला लगाई सम्मान गरेका थिए । कार्यक्रमको  समन्वय गरि रहेका परशुराम भण्डारीले  नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको देउसी भैलो कार्यक्रम यो बर्ष समेत तेश्रो बर्ष खेलेको जानकारी गराएका थिए ।

देउसी भैलो टोलिले नेपाली राजदुताबासलाई आशिक दिएका थिए भने राजदुताबासले नेपाली सेलरोटी को साथै सम्मान स्वरुप बन्दि खाममा दक्षिणा प्रदान गरेको थियो ।  देउसी नेपालको पुरानो लोक संस्कृति हो । देउसी नेपाली समुदायले मात्र खेल्दछन । पुरुषहरु नेपाली पोशाक, नेपाली टोपी तथा महिलाहरु फरिया साथ छड्के तिलहरी सहित उपस्थित भएका थिए ।

desi-bhailo-usa-2 desi-bhailo-usa-3 desi-bhailo-usa-4