याङ्गुन १३ कात्तिक । म्यानमारका राज्य सल्लाहकार तथा विदेशमन्त्री आङ सान सुकीले निकट भविष्यमा नै जापानको भ्रमण गर्न लाग्नु भएको शनिबार जारी एक सरकारी विज्ञप्तिमा बताइएको छ ।
तर यस विज्ञप्तिमा भ्रमणको विस्तृत विवरण र एकिन मिति भने दिइएको छैन् । यद्यपी अर्को एउटा स्रोतले दिएको जानकारी अनुसार आगामी नोभेम्बर १ बाट ५ सम्म पाँच दिन सुकीले पूर्वी एसियन राष्ट्रको भ्रमण गर्न लाग्नु भएको हो ।
गत अप्रिलमा म्यानमारमा नयाँ सरकारले सत्ता सम्हाले यता सुकीले जापानको भ्रमण गर्न लाग्नु भएको यो नै पहिलो हो ।
जापानको भ्रमणको क्रममा सुकीले जापानका प्रधान मन्त्री सिन्जो अबे र सम्राट आकिहितो र साम्रागी मिचिकोसँग पनि भेटवार्ता गर्ने अनुमान गरिएको छ ।
सुकीले आफ्नो पार्टी ‘नेसनल लिग डेमोक्र्यासि (एनएलडीं)’ को अध्यक्षको हैसियतले सन् २०१३ मा जापानको भ्रमण गर्नु भएको थियो ।
गत मे जापानी विदेशी मन्त्री फुमिओ किसिदाले म्यानमारको भ्रमण गर्नु भएको थियो ।
उहाँले आफ्ना समकक्षी आङ सान सुकीसँग भएको भेटवार्तामा द्विपक्षीय सहयोगलगायत म्यानमारमा प्रजातन्त्र र आर्थिक विकाशको कार्यान्वयनको लागि विस्तृत वार्ता भएको थियो । रासस/सिन्ह्वा
















प्रतिक्रिया