१ कार्तिक २०८३, आइतबार

अष्ट्रेलियामा जिउँदै जलाएर भारतीय नागरिकको हत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian_au

काठमाडौं, १३ कात्तिक । अष्ट्रेलियामा एक भारतीय बस चालकको जिउँदै जलाएर हत्या गरिएको छ ।

मनमित अलिशेर नाम गरेका ती चालकको शरीरमा यात्रुले पेट्रोल खन्याएर आगो सल्काइदिएका हुन् । के कारणले आगो सल्काएको खुलाइएको छैन ।

बसमा आगलागी हुँदा अन्य ११ जना यात्रु पनि घाइते भएका छन् ।

एक ट्याक्सी ट्राइभरले बसको पछाडिको ढोका खोलेपछि बसभित्र रहेका अरु ६ जना सुरक्षित बाहिर निस्कन सफल भएका छन् ।

मनमीत पञ्जाबी मूलका अष्ट्रेलियाली नागरिक हुन् र उनी भारतीयबीच राम्रो गायक र डान्सरका रुपमा पनि परिचित थिए ।