१ कार्तिक २०८३, शनिबार

पोर्चुगलको संसद भवन अगाडि आप्रवासीको प्रदर्शन, नेपाली पनि सहभागी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

portugal-news

– भरत प्रधान

पोर्चुगल (युरोप), १२ कात्तिक । युरोपेली मूलुक पोर्चुगलमा रहेका आप्रवासीहरुले बिहीबार पोर्चुगलको संसद भवन अगाडी प्रर्दशन गरेका छन् ।

बर्तमान पोर्चुगल सरकारले बिभिन्न बाहनामा आप्रवासीलाई कडाई गरेको भन्दै अध्यागमन सम्बन्धी सहजताको माग गर्दै संसद भवन अगाडी प्रर्दशन गरेका हुन् । सयौंको संङ्ख्यामा सहभागी भएका बिभिन्न देशका आप्रवासीहरुले प्ले कार्ड र ब्यानर सहित संसद भवन अगाडी आप्रवासी अधिकारको माग गर्दै नाराबाजी समेत गरेका थिए । आप्रवासी सम्बन्धी लागु गरिएका कानुनहरु पूर्ण रुपमा पालना हुनुपर्ने, झण्झटीलो कागजी प्रकृयामा सहज ब्यबस्था लागु गर्नुपर्ने तथा आप्रवासीहरुलाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्ने उनिहरुको मूख्य माग रहेको छ । प्रर्दशनमा बाज्रिलीयन, नेपाली, भारतीय, बङ्लादेशी, पाकिस्तानी लगायत २० बढी मूलुकका आप्रवासीहरुको सहभागिता रहेको थियो ।

यहांको बिपक्षी दल लेफ्ट ब्लकले बिहीबार आप्रवासीहरुको सहजताका लागि संसदमा अध्यागमन सम्बन्धी कानुन संसोधन प्रस्ताव पेश गरेको र सत्तारुढ दल सोसलीस्ट पार्टीले समेत सकारात्मक रुपमा लिएको गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष भिम केसीले जानकारी दिनुभयो । प्रर्दशनले अध्यागमनको कडाईप्रति जोडदार रुपमा खबरदारी गरेका कारण आप्रवासी सम्बन्धी कानुनमा सहज हुने अपेक्षा गरिएको केसीले बताउनुभयो । बिपक्षी दल लेफ्ट ब्लकले यस अघि देखि नै आप्रवासीहरुको हक अधिकारको पक्षमा आवाज उठाउदै आएको छ ।

पछिल्लो समय पोर्चुगलमा आप्रवासीको संख्या बढ्न थालेपछि यहांको अध्यागमनले कडाइ गर्दै आएको छ । यसअघि निश्चित प्रकृया पूरा भए पश्चात आप्रवासीहरुलाई सहज रुपमा दिदै आएको आवास अनुमतीमा पछिल्लो समय कडाई गर्दै आएको छ ।

यहां रहेका आप्रवासीहरुले आप्रवासी अधिकारका लागि पटक पटक दबाबमूलक आन्दालेलन गर्दै आएका छन् । आप्रवासीहरुको माग सम्बन्धी यहांका स्थानिय सञ्चार माध्यमले समेत बिशेष प्राथमिकता दिएका कारण आप्रवासी सम्बन्धी कानुनमा सहज हुने अपेक्षा गरिएको छ । पोर्चुगलमा झण्डै २० हजार बढी नेपालीहरु रहेको अनुमान छ ।