काठमाडौं, १२ कात्तिक । चीनको कम्युनिष्ट पार्टीले राष्ट्रपति शी जिनपिङलाई माओको समतुल्य पार्टीको कोर लिडरको उपाधिबाट विभुषित गरेको छ ।
बेइजिङमा भर्खरै सम्पन्न केन्द्रीय कमिटी बैठकले शीलाई कोर लिडरको उपाधि दिएको हो । योसँगै शीलाई माओ बराबरकै नेता मानिन थालिएको छ ।
भ्रष्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत भइरहेका शीले चीनलाई विश्कै शक्तिशाली अर्थतन्त्रको केन्द्र बनाउने योजनाअनुरुप शासन गरिरहेका छन् ।
यद्यपी उनलाई कोर लिडरको उपाधि दिइएपनि कम्युनिष्ट पार्टीका केही विशेषज्ञहरुले शीमा माओ बराबर मजबुद निर्णय लिन सक्ने क्षमता नभएको टिप्पणी गरेका छन् । शी मा माओको एक झलक देखिन्छ, तर उनी ठ्याक्कै माओजस्तो छैनन् ।
शी अहिले सीपीसी (कम्युनिष्ट पार्टी अफ चाइना)को जनरल सेक्रेटरी र सेन्ट्रल मिलिट्री कमिशनका अध्यक्ष र सीपीसीका ‘कोर’ हुन् ।
सीपीसीको बैठकमा भनिएको कि शी को नेतृत्वमा चीन सरकारले सामुहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको सिद्धान्तमा महत्वपूर्ण काम गरिरहेको छ ।
















प्रतिक्रिया