३० आश्विन २०८३, शुक्रबार

माननीय/अमाननिय सांसद ज्यूहरु ! लोकमानले जितेको हेर्ने रहर भो मलाई…

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Keshav-pandeyकांग्रेस उ जामनाको पार्टी हो ।भ्रष्टाचारको फाइल खोल्यो भने गगन थापाको पार्टी केन्द्रीय कारागारमा दर्ता हुन वेर छैन । एमाले तिर भु-कम्प र मक्किसकेर फाईल हराएका बाँकि नै हुन्नन भन्न सकिन्न।फसाद माअोवादिलाई छ। अालो रगत र आँसु लागेका फाईल माथि पर्छन ।लडाकु शिविर देखि सर्वाहारावाट नवसामन्ति वन्दासम्मका।विजय गच्छेदार पो कता छन अचेल!छठले छोप्यो कि भारतमा तिर्थाटनमा व्यस्त हो,जे होस चुप लाग्या छन अचेल ।

सुरुवात वाटै भनौँ।खिलराज रेग्मी नेतृत्वको अन्तरिम मन्त्रीपरिषदवाट निर्णय गराई लोकमानका अनेक हर्कत वारे जानकार हुँदाहुँदै सुनपानि छर्किएर चोखो वनाईयो। अाज नियम र प्रकृयाको कुरा गर्छन बहुमत भ्रष्टचारिहरुको झुन्ड ! यतिसम्म कि संसदीय सुनुवाइको समेत अावश्यकता परेन उतिबेला । त्यतिबेला काँग्रेस र एमालेमा अनेकन राष्ट्रघातका नजिर थिए र जनताका अाशा थिएनन।बाँकी थियो माअोवादी, जनअान्दोलन र जनयुद्धका सच्चा योध्दा र जनताका अावाज नसुन्ने प्रचण्ड अाज ईमान्दारितामाथि तरवार झुन्डिएको अवस्था छु भन्दैछन ,काम गर्न दिएनन,खुट्टा ताने भन्छन। ए वावा! प्रधानमन्त्रीको पद के संग तुलना गरेका हुन यिनले ? हाँस् उठ्छ। हो उनी उनको छोराका लागि अनेकन कु- कृत्यमा क्षमा दिने ईमान्दार वाउ हुनसक्छन् । उनको परिवारका लागि अरबौँको सुखसुविधा उपलब्ध गराउने इमानदार अभिभावक होलान तर देश र जनताका नजरमा अब एकादेशमा एकजना ..भनेर भन्ने दिन अाए ।

नियुक्तिमा तपाइहरुलाइ प्रकृया नचाहिएको भएता पनि कमसेकम लोकमानले त महाअभियोगको संसदमा सामना गर्छु भनेका छन।हो यहि नियमसङ्गत महाअभियोग संसदमा फेल हुने सम्भावना पनि टरिरसकेको होइन ।काँग्रेस दिल्लीमा दिपावलि लागेर निर्णय गर्न सकिरहेको छैन।एमालेको अन्तिमसम्म नकुरि के भन्न बाँकि छ र ।माअोवादिमा पनि ट्रान्सर्फमर खरिदका लागि हस्ताक्षर गराएर महाअभियोगमा प्रयोग गरियो भन्ने प्रस्टै सुनिनमा अाएको छ।तिहारअगाबै संसदमा पर्व विदा गरिनु र महाअभियोग प्रकृयाको लामो अवधिमा शक्तिकेन्द्रको चलखेलले नेपाली राजनितीले सजिलो दिशा पक्कै लिने सम्भावना छैन।

उतिबेला अख्तियार प्रमुख हुनेबित्तिकै लोकमान गर्जिय, ठुला माछा, समात्छु!समात्छु ! त्यहि दिनवाट यो लोकमा लोकमानको राजाशासन सुरु भएको मानिन्छ । प्रचण्ड लगायतका गणतन्त्रवादि त्यतिवेलै तर्सिएका हुन, ला!यी त राजा पट्टीका पो हुनत,लाग्या वानि किन छुट्थ्यो । त्यसपश्चात लोकमान नेतृत्वको अख्तियारले च्याप कि च्याप खरदार, सुब्बा र पालेदाई समात्न थालेपछि अलि शान्त भए । त्यो समय लोकले मानेका लोकमान भाथे।अहिले ठुला माछा समात्न बल्छि उठाउन लाग्या वेलाँ, अाफै परे रे, जालमा भन्ने सुनिन्छ । गोविन्द केसीको माग पूरा गरेजस्तो देखिन गएको मात्र हो नेताहरूमाथि खतरा अाईलागेपछिको एक्सन मात्रै हो ।अहिले नि लोकले मान गरे नि, अपमान गरेनि नाम चैँ लोकमान नै छ । परिवर्तन हुनेवाला छैन ।

यसर्थ लोकमानलाइ साईजमा ल्याउने अनेकौं निकाय छन। उनले गरेका नितिगत या अार्थिक भ्रष्टाचारको अाधार छन भने कारवाहि हुनैपर्छ, शक्तिकेन्द्रको स्वार्थ बोके नबोकेको पनि छानबिन हुनैपर्छ ।कारवाहि गर्ने निकाएका भ्रष्ट व्यक्तिहरू देखि सांसदहरू आफैलाई साईजमा ल्याउन वनेको अख्तियारका प्रमुखसंग अाफु नाङ्गिने भएपछि सक्दैनन । यहि बिचमा अड्किएको छ देश अचेल । लाोकमानलाई कारवाहि गर्छु भन्ने, कारवाहि समिति र साँसदको निष्पक्षता पनि जाँच हुनैपर्दछ । अन्यथा लोकमानलाई जोडेर समग्र अख्तियारमाथि अौँला ठड्याउनु गलत हो ।

तपाईहरुं भन्न सक्नुहुन्छ ,हामिमाथि लागेको भ्रष्टाचारीको दाग पखालियोस ?हामी अख्तियारको सामना गर्न तयार छौँ !दोषी भए जेलनेल भोग्न तयार छौँ ! हो खाँटि कुरा त्यहि हो लोकमानले संसदवाट महाअभियोगमा जितुन र प्रकृया र प्रमाण पुर्याएर सब भ्रष्टाचारीलाई कारवाहि गरून् त्यतिबेला तपाँईहरुसंगको वार्गेनिङ सकिनेछ र झन निष्फिक्रि र सांसदवाट परिक्षण भएर अाउने र त्यो नेतृत्वले काम गरेको हेर्ने रहर छ।यो पंक्तिकारलाई लाग्दैन अव वन्ने प्रमुखले नेताहरुलाइ रिझाएर अाउनुपर्ने र नेताको छनोट हुनाले निष्पक्ष र ठुला फाईल खुल्लान।स्मरण रहोस अख्तियार र लोकमान पर्यायवाची होइनन् तर अख्तियारले बलियो भएर काम गरेको हेर्ने उपयुक्त अवसर हो ।