काठमाडौं, ११ कात्तिक । रूसले नयाँ मिसाइल आरएस–२८ सरमटको सार्वजनिक गर्दै अमेरिका, फ्रान्स र ब्रिटेनलाई तर्साएको खबरहरु आएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो मिसाइललाई सतन–२ पनि भनिएको छ । यो परमाणु मिसाइल यति शक्तिशाली छ कि एकैपटक पुरै ब्रिटेन र फ्रान्सलाई ध्वस्त पार्नसक्छ । यति मात्रै होइन् अमेरिकाको टेक्ससलाई पनि बर्बाद पार्न सक्छ ।
आरएस–२८ सरमट मिसाइल २०११ मा सेना समावेश गरिएको थियो र यसले २०१८ बाट काम सुरु गर्ने बताइएको छ ।
रूस सरकारको समाचार एजेन्सीले गत मे महिनामा समाचार दिएको थियो कि यो मिसाइलले अमेरिकाको टेक्सस होस् वा फ्रान्सको ठूलो क्षेत्र नष्ट गर्नसक्छ । रूसी मिडियाका अनुसार यो मिसाइल एकसाथ १६ वटा परमाणु बमहरुलाई अलग अलग ठाउँमा फाल्न सक्छ । मिसाइलको तौल १० टन हुनेछ र साथै यो १० टन सम्मको परमाणु भण्डार लैजान सक्षम हुनेछ । यति मात्रै होइन् जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले हानेको परमाणु बमभन्दा यो २ हजार गुणा शक्तिशाली हुनेछ ।
यसअघि रूसले गत अप्रिलमा कथित रुपमा हाइपरसोनिक बमको परीक्षण गरेको थियो । भनिएको छ कि यसको प्रयोग पनि सतन–२ मिसाइलमा प्रयोग गरिनेछ । यतिमात्रै होइन् यो रडारमा पनि देखिदैन् । यसलाई हावामा पनि रोक्न सकिदैन् । यो मिसाइलले रूसको पूरानो मिसाइलको ठाउँ लिनेछ ।
















प्रतिक्रिया