न्युजिल्याण्ड, ११ कात्तिक । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च न्युजिल्याण्डको अध्यक्षमा आत्माराम खनाल चुनिनुभएको छ ।
एमाले महासचिब ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा न्यूजिल्यान्डको टौरङामा आयोजित प्रबासी नेपाली मञ्चको प्रथम अधिबेशनले खनालको नेतृत्वमा १३ सदस्यीय कमिटी गठन गरेको हो ।
समितिको उपाध्यक्षमा रामराजा ओली र बुद्धीराम बन्जाडे, महासचिबमा प्रदिप रुपाखेती, कोषाध्यक्षमा भावना नेपाल चयन हुनुभएको छ । समितिको सदस्यहरुमा अनुराग सिलवाल, सञ्जय शान्ती सुबेदी, कुल्बिर गोले, बिशाल सापकोटा र अर्जुन लम्साल रहनुभएको छ । तीन जनालाई पछि नियुक्त गरिने अध्यक्ष खनालले बताउनुभयो ।
उक्त कार्यक्रममा पूर्व पर्यटनमन्त्री आनन्द पोखेरेल बिशेष अतिथि तथा प्रवासी नेपाली मन्च अष्ट्रेलियाका पूर्व अध्यक्ष डा. बिनोद श्रेष्ठ अतिथि रहनुभएको थियो ।
साथै नवनिर्बाचित समितिको आयोजनामा सोही दिन साझा अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमा एनआरएन एनएका उपाध्यक्ष कमल वाइवा तथा स्थानिय नेपाली सामुदायिक संस्थाका अध्यक्ष रमेश गुरुङ लगायत ७० जनाभन्दा बढी न्यूजिल्यान्डबासी नेपालीहरुको उपस्थिती थियो ।















प्रतिक्रिया