१ कार्तिक २०८३, शनिबार

नेपाली-अमेरिकन फुटबल टोलि गठन, प्रतियोगितामा भाग लिन नेपाल जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

img_5426– विजय थापा
वाशिंगटन डिसी l अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका खेलाडी तथा अमेरिकामा रहदै आएका नेपालका अन्तर्राष्ट्रिय स्तरका मिश्रित खेलाडीको टोलि निर्माण गर्ने छनौट प्रक्रिया शुभारम्भ भएको छ l 
 
नेपालमा हुने अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा भाग लिनको लागि खेलाडीको छनौट प्रक्रियालाई अगाडी बढाउदै करिब ३ हप्ता भित्र नेपाली अमेरिकन फुटबल टोलि एक सशक्त टोलि निर्माण गरिने भएको छ l 
 
लामो समय देखि अमेरिकाको राष्ट्रिय स्तरको फुटबल टोलि निर्माण गर्ने योजना बोकेर हिडेको अमेरिकाको नेपाली समुदायको चिर परिचित सामाजिक सँस्था दि एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए )को सपना अन्तत्वगत्वा साकार भएको छ l 
 
अमेरिकामा जन्मेका दोश्रो पुस्ताका खेलाडी तथा नेपाली मुलका सबै ईक्षुक खेलाडिहरुलाई हरेक राज्य बाट सहभागी हुन् आब्हान गरिएको छ भने अमेरिकाको राष्ट्रिय स्तरको फुटबल टोलिको निर्माण गर्ने जिम्मेबारी टेक्सासमा बसोबास गरि रहेका नेपालका भूतपूर्व राष्ट्रिय खेलाडी उमेश प्रधानलाई दिइएको छ l 
 
प्रधान छनौट प्रक्रिया समितिका प्रमुख रहेका छन् भने उनि लगायत सात सदस्यीय समिति निर्माण गरिएको छ l समिति सदस्यहरुमा दिपक अमात्य न्युह्याम्प सायर :अदिप रोका, मेरील्याण्ड :सुरज थापा डिसी ,कुमार शेरचन ,न्युयोर्क :वाङ्ग्ला  लामा ,न्युयोर्क तथा बिनोद बिष्ट टेक्सास रहेका छन् l 
 
नेपाली अमेरिकन फुटबल टोलि गठन प्रक्रियालाई एनएनए को तर्फ बाट एनएनए खेलकुद संयोजक चन्द्र लामाले समन्यव गर्ने भएका छन् l सम्पूर्ण खेलाडीहरुको खर्च यस परियोजनाका परियोजना प्रबन्धक मुकुन्द ढुंगानाले व्यवस्थापन गर्ने भएको जानकारी लामाले दिएका छन् l 
 
यसै गरि एन्फा को निमन्त्रणामा नेपाली अमेरिकन फुटबल टोलि नेपाल प्रस्थान गर्ने लामाले बताए भने नेपालको सम्पूर्ण खान,बस्न तथा स्थानीय यातायातको खर्च आयोजक समितिले बेहोर्ने बताए l 
 
यस छनौट प्रक्रियामा सबैलाई अवसर दिइने लामाले बताउदै छनौट प्रक्रिया समाप्त पछि अन्तिम चरणमा पुगेका खेलाडीलाई करिब एक महिनाको बन्द शिबिर डीसीमा गराइने भएको छ l अमेरिकामा जन्मिएका दोश्रा पुस्ताका खेलाडीहरु खेल खेल्न मातृभूमि जान अवसर पाइने भएकोले उत्साहित हुने विश्वास गरिएको छ l