२८ आश्विन २०८३, बुधबार

यूएईको अलऐनवासी प्रवासी नेपालीले धुमधामसंसँग तीज मनाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uae-1

उत्तम अधिकारी
यूएई ।  यूएईको अलऐन शहरमा रहेका प्रवासी नेपालीहरुले मनोरन्जात्मक साँस्कृतिक कार्यक्रम सहित तीज पर्व मनाएका छन् ।

गत अगस्त २९ का दिन प्रवासी नेपाली मञ्च यूएईको अलऐन क्षेत्रीय समितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

अलऐनको फुड वर्ल्ड रेस्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा स्थानीय २ दर्जन भन्दा बढी नेपाली कलाकारहरुले आफ्ना प्रस्तुति देखाएका थिए ।

तीजका गीत, लोकगित, आधुनिक गीतहरुमा कलाकारहरुले आकर्षक नृत्यहरु प्रस्तुत गर्दै कार्यक्रम स्थलमा खचाखच भरिएका दर्शकहरुको मन लोभ्याएका थिए ।
uae-2

त्यसैगरी केहि गीत, कमेडी र बाँसुरीको धुन समेतले दर्शकहरुलाई मनोरंजन प्रदान गरिएको थियो ।

तीजका गीतमा नाच्न चाहने महिलाहरुलाई स्टेजमै नाच्ने व्यवस्था समेत मिलाईएकाले सहभागी महिलाहरुमध्ये केहिले उत्साहपूर्वक नृत्य प्रस्तुत गर्नबाट पछि परेनन् ।

आयोजक समितिका अध्यक्ष लक्ष्मण अधिकारी संयोजक रहेको उक्त कार्यक्रममा कलाकार व्यबस्थापनको सम्पूर्ण जिम्मेवारी प्रवासी नेपाली जनसाँस्कृतिक मंच यूएईका अध्यक्ष विमल अधिकारीले सम्हाल्नु भएको थियो ।

सहभागी कलाकारहरुमध्ये अधिकांश मंचकै सदस्य रहेको अधिकारीले जानकारी दिनुभयो ।
uae-3jpg

बिगत लामो समयदेखि अलऐनमा रहेर सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएका आयोजक समितीका उपाध्यक्ष शुशील केसी तथा मंचका तर्फबाट उक्त क्षेत्रीय समितीका संयोजक

इन्द्रबहादुर घिमिरे लगायत आयोजक समितिका अन्य सदस्यहरु कार्यक्रम सफल पार्न निकै पहिला देखि नै सकृय रहँदै आएका थिए ।

बलराम बहादुर बस्नेत र दिपिका ज्ञवालीले निकै आकर्षक शैलीमा संचालन गरेको उक्त कार्यक्रम हालै देशमा गएको बढी पहिरोमा परी ज्यान गुमाएका नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शुरु भएको थियो ।

उक्त कार्यक्रम मार्फत बढी पीडितको सहयोगार्थ मंचले संचालन गरेको राहत अभियानका लागि ८ सय ५७ दिर्हाम संकलन भएको थियो । उक्त रकम सोहि कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि

तथा मंचका केन्द्रीय अध्यक्ष प्रकाश कोइरालालाई आयोजक समितिले हस्तान्तरण गरेको छ ।
uae-4

कार्यक्रममा बिमल अधिकारी, चिनीमाया लामा, मनिका लामा, ज्योति कूँवर, प्रतिक्षा केसी, प्रिया रिमाल, नम्रता तामांग, सजनी श्रेष्ठ, सयोना मानन्धर, परी रायमाझी, अन्जु न्यौपाने, सुमन खड्का, विवस ठकुरी, नारायण प्रभु, मिनुषा लामा, सोनु घले, शोभा तामांग लगायतका प्रशस्त कलाकारले बिबिध साँस्कृतिक कोशेलीहरु प्रस्तुत गरेका थिए भने नुर्बु लामाले डिजेमा साथ दिनुभएको थियो ।

कार्यक्रममा एनआरएनयूएईका अध्यक्ष कृष्ण भुसाल, सिन्धुपाल्चोक सेवा समाजका अध्यक्ष बिदुर न्यौपाने, तामांग समाज अलऐन, मगर समाज अलऐन लगायतअन्य संस्थाका  प्रतिनिधि तथा मंचका पदाधिकारी र सदस्यहरु अतिथि रहेका थिए ।