३० आश्विन २०८३, शुक्रबार

अनौठो विहेः प्रहरी चौकी बन्यो मण्डप, प्रहरी इन्चार्ज बने क्यामरा म्यान

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

marriage-india-couple-police-thanaएजेन्सी । सात जन्मसम्म साथ रहन बाचा गर्ने सम्बन्धलाई भनिन्छ विहे । जो हर कोहीका लागि एउटा सुन्दर सपनाभन्दा कम हुँदैन् । हरकोही आफ्नो विहे यादगार बनाउनका लागि केही यस्तो गर्छ जो यादमा रहन्छ । यादगार हुनका लागि मानिसहरु आफ्नो आफ्नो तरिकाबाट विहेको सम्बन्धलाई खास बनाउने काम गर्छन् । केही यस्तै यादगार एक विहे उत्तर प्रदेशको मऊ जिल्लाको हलधरपुर प्रहरी चौकी (थाना)मा देखिएको छ, जहाँ थाना बनेको छ विहेको मण्डप र थानेदार (प्रहरी चौकी इन्चार्ज) बने क्यामरा म्यान ।

समाचारअनुसार घटना जिल्लाको रसडा बस्ने वीरेन्द्र र रविताको विहेको हो । दुबैका परिवारले उनीहरुको विहे तय गरेका थिए । तर, केही कारण देखाएर रविताका पिताले विहे अस्वीकार गरिदिए । यो कुराको जानकारी जब रविताले आफ्ना हुनेवाला पति वीरेन्द्रलाई दिइन तब पहिला दुबै जनाबीच एकआपसमा कुराकानी भयो र दुबैले फैसला गरे कि बाँचे सँगै बाच्ने र मरे सँगै मर्ने । त्यसपछि दुबै घरबाट भागेर मऊ जिल्लामा गएर आफ्नी फूपूको घरमा बस्न थाले ।

यसक्रममा वीरेन्द्रकी फूपूले देखिन कि त्यहाँ वीरेन्द्रसँग तिनै युवती थिइन् जसको विहे उनसँग तय भएको थियो । फूपूले दुबैबाट घटनाबारे जानकारी लिँदै प्रहरीलाई जानकारी दिइन् । प्रहरीले दुबै परिवारका सदस्य बोलाएर प्रहरी चौकीमा बनेको ब्रम्हबाबाको मन्दिरमा दुबैको धुमधामसँग विहे गरिदियो । यो विहेको बलियो प्रमाणका लागि पुलिस थाना इन्चार्ज (एसओ)ले आफैले क्यामेरा चलाएर विहे समारोहको पुरै रेर्कडिंग गरे ।

marriage-india-couple-police-thana-1 marriage-india-couple-police-thana-2 marriage-india-couple-police-thana-3