१ कार्तिक २०८३, शनिबार

अमेरिकाले अस्थाई सुरक्षित दर्जा सुबिधाको म्याद डेढ वर्षको लागि थप्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tps– विजय थापा

वाशिंगटन डिसी । जुन २४, २०१५ सम्म अमेरिका छिरेका नेपालीलाई भूकम्पपछि अमेरिकन सरकारले दिइएको सुबिधा अस्थाई सुरक्षित दर्जा ( टेम्पोररि प्रोटेक्ट टेड स्टाटस) सुबिधाको म्याद पुनः डेढ वर्षको लागि थप गरेको छ ।

मंगलबार अमेरिकन संघीय सरकारको आधिकारिक संजालमा सूचना प्रकाशित गर्दै जुन २४, २०१८ को सम्मका लागि थप गरेको जनाएको छ । यो सूचना प्राप्त गर्न साथ हजारौ कागजपत्र बिहीन नेपालीहरुमा खुशीको लहर छाएको छ ।

अस्थाई सुरक्षित दर्जाको म्याद गुज्रने अवधि आगामी डिसेम्बर २१, २०१६ तारिखसम्म मात्र रहेकोले मानसिक रुपमा स्वदेश फर्कनु पर्छ भनि झिटी गुन्टा सहित तयार समेत रहेका नेपालीलाई अमेरिकाले बुधबार, अक्टोबर २६ तारिख सार्बजनिक गर्ने सूचना टासेकोले सुबिधा उपयोग गरि रहेकालाई ठूलो राहत भएको छ ।

अमेरिकाले यस्ता अवस्थामा बिभिन्न मुलुकलाई अस्थाई सुरक्षित दर्जा सुबिधा प्रदान गरेता पनि फिलिपिन्सलाई सुबिधा थप गरेको थिएन ।

गत बर्ष झन्डै दशौ हजार नेपालीले यो सुबिधा लिएका भएता पनि गत वर्ष केहि बिभिन्न कारण बाट छुट्न गएकाले समेत यस पटक आबेदन दिन पाउने भएका छन् ।

अस्थाई सुरक्षित दर्जा सुबिधा लिन आवेदक अमेरिका जुन २४ ,२०१५ अगावै आई सकेको प्रमाण हुनु पर्दछ । अस्थाई सुरक्षित दर्जा सुबिधा प्राप्त गरि अमेरिका अवैध रुपमा बसोबास गर्दै आएका बस्दै आएका र कानुनी प्रकृया बढाई रहेका नेपालीलाई काम गर्न पाउने अनुमति दिनुको साथै भूकम्प बाट पिडित परिवारलाई भेट्न नेपाल आउन जान कागज पत्र समेत बनाई दिने सुबिधा प्रदान गरेको छ ।

जस्को कारण थुप्रै नेपालीहरु नेपाल गएर फर्केका कसैलाई कुनै कानुनी अड्चन बिना अमेरिकन सरकारले अमेरिका आउन दिएको पनि छ । अमेरिकाले अस्थाई सुरक्षित दर्जा सुबिधा दिए पछि नेपालीहरु अन्य सरह काम गरिरहेका छन् ।

यो सुबिधा पुन थप गरियोस भन्ने हेतुले अमेरिकामा रहेका बिभिन्न संघ तथा संस्थाले सम्बन्धित निकायमा कुरा पुर्याएका थिए ।