१ कार्तिक २०८३, आइतबार

चीनमा शक्तिशाली विस्फोट: १४ जनाको मृत्यु, १४७ घाइते

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-blast-reuters

चीन, ९ कात्तिक । चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने सान्सीमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी १४ जनाको मृत्यु भएको छ भने, १४७ जना घाइते भएका छन् ।

फुगु राज्यको छिङमिन शहरमा निर्माणाधिन घरहरुलाई लक्ष्यगरी स्थानीय समयाअनुसार मध्याह्न २ बजे सो विस्फोट भएको थियो ।

घाइतेहरु मध्ये १०६ जनालाई अस्पतालमा भर्ना गरिएको छ भने ४१ जना उपचारपछि घर फर्किएको मङ्गलबार जनाइएको छ । मङ्गलबार विहान मात्रै उद्धार कार्य सकिएको थियो ।

आवासका लागि घर बनाईरहेका ठाउँमा बम विस्फोट भएको हो । विस्फोटबाट ५८ वटा घर र ६३ वटा कार ध्वस्त भएको छ । ती घरहरु स्थानीय गाँउलेहरुले नै बनाएका थिए ।

घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा