२० कार्तिक २०८३, शुक्रबार

कटुवा पेस्तोल र गोलीसहित एक पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestol

रौतहट, ९ कात्तिक । भवानीपुर–६ जयराजपुर बस्ने ४३ बर्षीय मोकदम मंसुरीलाई प्रहरीले नल कटुवा पेस्तोल १ थान, एसएलआरमा प्रयोग हुने गोली २ राउण्ड सहित पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरी टोलीले सोमबार भवानीपुर–२ स्थित नहरको बाटोमा उनी सवार बा.२५ प ७५८० नम्वरको मोटरसाइकल चेकजाँच गर्दा उनले बोकेको कालो झोलाबाट उक्त कटुवा पेस्तोल र गोली बरामद भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।