काठमाडौं, ९ कात्तिक । भारतको आम आद्मी पार्टीको नक्कल गरेर स्थापना गरिएको नयाँ शक्ति पार्टीमा एक वर्ष नबित्दै टुटफुट भइसकेको छ ।
पूर्वमाओवादी नेता र नेता बन्ने रहर भएका पैसावाल व्यक्तिहरुलाई लिएर स्थापना गरिएको नयाँ शक्ति अनेक विवादमा फस्दै मात्र आएको छैन, नेताहरुले धमाधम पार्टी समेत छाड्न थालिसकेका छन् ।
खराब पृष्ठभुमी भएका व्यक्तिहरुकै कारण नयाँ शक्ति असफलतातर्फ अघि बढेको हो । यही बेला गत कात्तिक ३ गते उक्त पार्टीको एउटा निर्णयले धेरै जना चकित भएका छन् । एक विवादास्पद व्यक्तिलाई पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो सल्लाहकारमा नियुक्त गरेका छन् ।
नयाँ शक्तिको राजनीतिक समितिकाले बैठकले विवादास्पद विगत भएका प्रशान्त सिंहलाई भट्टराईको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरिएको हो ।
सिंह यौनदुराचारको आरोपमा पक्राउ परेर कारबाही भोगेका व्यक्ति हुन् । बिश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)को नेपाल प्रमुखका रुपमा कार्यरत रहँदा उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो । आफ्नै कार्यालयका कार्यरत एक युवतीलाई उनले यौनदुराचार गरेका हुन् ।
गोप्य क्यामराहरुमार्फत युवतीको भिडियो खिचेर पछि आफूसँग सम्बन्ध राख्न दबाब दिएका थिए । कुर्सी तथा बाथरुममा गोप्य क्यामरा राखेर उनले भिडियो बनाएका थिए ।
चरम यातना दिएपछि पीडित युवतीले महानगरीय अपराध महाशाखामा उजुरी दिउकी थिइन् । सोही आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । सोही काण्डमा उनको डब्लुडब्लुएफबाट जागिर गएको थियो । त्यसयता उनले कतै राम्रो अवसर पाएका थिएनन् ।
सिंहले नेपाल पर्यटन बोर्डमा पनि निर्देशकका रुपमा काम गरेका थिए । त्यसबेला पनि उनी भ्रष्टाचार लगायत विभिन्न काण्डमा मुछिएका थिए । त्यस्ता व्यक्तिलाई बाबुरामले आफ्नो रणनीतिक सल्लाहकार बनाएर धेरै जना चकित भएका छन् । उनी जस्तै खराब व्यक्तिहरुको आबद्धताका कारण पनि नयाँ शक्ति पार्टीप्रति सर्वसाधरणको आकर्षण नदेखिएको हो ।
दृष्टि साप्ताहिकमा समाचार छ ।
















प्रतिक्रिया