१२ कार्तिक २०८३, बिहिबार

महाअभियोग पारित नहुँदै लोकमानमाथि अख्तियारले पनि सुरु गर्यो यस्तो कारवाही

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lokmansing-karki

इटहरी, ९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट लोकमानसिंह कार्कीको फोटो हटाइएको छ । कार्यालय प्रमुख रवीन्द्रप्रसाद शर्माले कार्की निलम्बनमा परेपछि उनको तस्विर हटाइएको बताए ।

२०७३ असार २ गतेको मन्त्रिपरिषद् निर्णयले अख्तियारको क्षेत्रीय र सम्पर्क कार्यालयको नाम परिवर्तन गरी आयोगको कार्यालय वनाएको हो । २०७० असोज १ गते कार्कीले नै जुट विकासको स्वामित्व रहेको भवनमा कार्यालय उद्घाटन गरेका थिए । इटहरीस्थित कार्यालयमा ४० जनाको दरवन्दी छ ।

धनकुटा स्थित क्षेत्रगत कार्यालयका कर्मचारीबीच निलम्वित प्रमुख आयुक्त कार्कीलाई संसदमा महाअभियोग लगाइएकोबारे चासो बढे पनि उनीहरु त्यस प्रसंगमा व्यक्तिगत धारणा राख्न चाहँदैनन् । एक कर्मचारीले निलम्वित प्रमुख कार्कीबारे टिप्पणी गरे आफुहरुलाई खतरा हुने बताए ।

कान्तिपुर दैनिकमा समाचार छ ।