वाशिंगटन डीसी । नेपाली अमेरिकन सोसाईटी फर अप्रेस्ड कम्युनिटी (नासो )को आयोजनामा विजया दशमी, दीपावली, छठ पर्व तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदन प्रदान तथा सांस्कृतिक साँझ कार्यक्रम मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा सफलता पूर्वक सम्पन्न भएको छ ।
कार्यक्रममा अध्ययनको क्रममा अमेरिका आएका नेपालका दलित तथा न्यायको आन्दोलनमा लामो समयदेखि योगदान गर्दै आएका र प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालीसकेका मानबहादुर विश्वकर्मालाई नासो कम्यूनिटी अमेरिकाले सम्मान गरेको छ ।
प्रमुख अतिथि समेत रहेका बिश्वकर्मालाई विशिष्ट अतिथि मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि महावाणिज्य दूत प्रेमराजा महतले नेपाली ढाकाको खादा लगाएर विश्वकर्मालाई सम्मान गरेका थिए ।
सम्मानित भएपछि मन्तब्य राख्दै प्रमुख अतिथिको साथै सम्मान समेत हुन् पाएकोमा नासो कम्युनिटीलाई बिशेष धन्यवाद दिए ।
मन्तब्य कै क्रममा बिदेसिएपछि नेपालमा पलायन भए को हो कि भन्ने गरिन्छ त्यो पलायन नभई देशलाई परेको बेलामा जुटेर देश विकासमा ठूलो सहयोग गर्ने रहेछन भन्दै गैर आवासीय नेपाली संघ तथा अन्य संघसंस्थाको प्रसंसा गरे ।
महावाणिज्य दूत प्रेमराजा महतले कस्तुरीले बास्ना खोज्न डाँडाकाँडा काट्नु पर्दैन पेटभित्र नै छ भन्ने उदाहरण दिदै नासोभित्र नै राष्ट्र चलाउने र राष्ट्रलाई ममता गर्ने क्षमता छ भन्दै नासोले गरेको कामको प्रसंसा गरे ।
सामाजिक कार्यकर्ता बिष्णु माया परियारले नासोको आफू संस्थापक सदस्य पनि रहेको बताइन । उनले आफू प्रारम्भिक चरणमा नेपाली समुदायसंग त्यति आबद्ध हुन् सकेको बताउँदै छात्रावासको बसाइका क्रममा नासो स्थापना भएको उल्लेख गरिन् ।
गैरआवसीय नेपाली संघ, बाल्टिमोर, अमेरिका नेपाली संघ (बाना), म्याग्दी समाज, नेपाली प्रवासी एकता मञ्च, जनसम्पर्क समिति
लगायत वासिङ्गटन डि.सी.महानगर क्षेत्रभित्रका विभिन्न नेपाली संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बानाका अध्यक्ष कुलमणि आचार्य, महासमिति तथा जनसंपर्क समिति केन्द्रीय सदस्य वेद खरेल तथा अन्य अतिथि वक्ताहरुले नेपाली कला संस्कृति र पहिचानका लागि नासो जस्ता संस्थाहरुको भूमिकाको विषयमा चर्चा गर्दै शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रम नासोका केन्दीय अध्यक्ष गोपाल विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सांस्कृतिक कार्यक्रममा बाल्टिमोरमा रहने चर्चित कलाकारहरु सिर्जना विरही थापा, अमृत रामदाम, मञ्जु थापा र सिर्जन ताम्राकार “ओकिली”का साथै न्यूयोर्कबाट उपस्थित भएका कलाकार प्रेम सेन्चुरीको विजोड प्रस्तुति रहेको थियो ।
अमेरिकामा पन्जेबाजाका लागि चर्चित एभरेष्ट व्याण्डले पन्चेवाजाको प्रस्तुती गरेका थिए ।
सन् २००४ मा डीसी महानगर क्षेत्रमा स्थापना भएको नासो कम्युनिटीको उद्देश्य समुदायको पहिचान तथा प्रबर्द्धन गर्नुको साथै यस समुदायको शिपलाई वृद्धि गर्दै सामाजिक आर्थिक उन्नति बारेमा अमेरिका तथा उत्तर अमेरिकामा ज्ञान गराउनुको साथै अन्तर सांस्कृतिक सामाजिक जीवनलाई एकीकृत गर्नु रहेको छ ।
















प्रतिक्रिया