छविलाल प्यूठानी
कतार । प्रवासी नेपाली मञ्च कतारको ईलाका नं. ३ र ईलाका नं. ४ सनैयाको संयुक्त प्रथम ईलाका अधिवेशन सम्पन्न भएको छ ।
‘शसक्त संगठनका लागि संगठन सुदृढीकरण प्रवासी नेपाली मञ्चको अभियान, प्रवासी नेपालीहरुको अधिकार सुनिश्चिताका लागि ईलाका अधिवेशन’ भन्ने मुल नाराका साथ सम्पन्न भएको हो ।
अधिवशनले ईलाका नं. ३ मा सुवास कार्कीको अध्यक्षतामा १३ सदस्यीय समिति निर्विरोध चयन गरेको छ ।
समितिको उपाध्यक्ष जीतवहादुर नेपाली सार्की, सचिव खड्कवहादुर नेपाली, उपसचिव समीर नेपाली सदस्यहरुमा भीम वहादुरगुरुङ, तानवहादुर खण्डलुक मगर, गणेश परियार, तिलवहादुर वि.क, सिएम पौडेल, भीम गुरुङ, सिके वि.क. भरत रसाईली चयन भएका छन् ।
सल्लाहकारमा पुर्ण वहादुर नेपाली र प्रेम नेपाली रहेका छन् । त्यस्तै गरी ईलाका नं. ४ सनैयामा रामनाथ शर्माको अध्यक्षतामा ११ सदस्यीय निर्विरोध चयन भएको थियो ।
उक्त समितिमा उपाध्यक्ष हेमवहादुर वगाले, सचिव लिलामणि पौडेल, उपसचिव यामवहादुर विक. चयन भएका छन् ।
सदस्यहरुमा सुर्य वि.क., भरत माझी, पुष्पकमल गलामी मगर, गणेश थक्लुङ्ग लिम्वु, केशर सिंह गुरुङ, कुवेर सिंह श्रेष्ठ, एकेन्द्र पारघरी लिम्वु रहेका छन् ।

सोही अवसरमा महेन्द्रवहादुर चन्दको अध्यक्षतामा १३ सदस्यीय ५ नंं ईलाका कमिटी समेत गठन भएको थियो । उक्त समितिमा उपाध्यक्ष तेज वहादुर गिरी, सचिव टेक वहादुर खत्री, उपसचिव केशव राज पाठक सदस्यहरुमा भीम वहादुर थापा मगर, रमेश गुरुङ्ग, राजु हरीजन, पुर्ण वहादुर नेपाली, लालु चौधरी, मेहवुव आलम, राम कुमार चौहान क्षेत्री, सुनिल घिमिरे र राम कुमार शर्मा रहेका छन् ।
प्रमुख अतिथि मञ्चका अध्यक्ष दिलकिरण खजुम थिए । अतिथि उपाध्यक्ष चानक पोखरेल, सचिव छविलाल प्यूठानी, उपसचिव हरी कुमार वस्नेत, सचिवालय सदस्य रामहरी गैह्रे रहेका थिए ।
अतिथिहरुमा राष्ट्रिय कमिटीका सदस्यहरु छविरमण कटुवाल, चेतनारायण श्रेष्ठ, जीतेन भण्डारी, चानीलाल राजवंसी, हंसराज ढकाल रहेको थिए ।
त्यसैगरी दिपक सापकोटा, भीम तरामु मगर, सल्लाहकार अव्दुल हाफिज मीया, ईलाका नं. १ दोहाका अध्यक्ष वालकृष्ण भित्रीकोटी, ईलाका नं. २ सनैयाका अध्यक्ष मन वहादुर कुँवर, एनआरएनए आइसीसीका उपाध्यक्ष टीबी कार्की र एनआरएनए आइसीसी सदस्य अमृत गुरुङ पनि अतिथि रहेको थिए ।
एनआरएनए एनसीसी कोषाध्यक्ष द्रोणवहादुर बस्नेत, प्रवासी नेपाली श्रमिक संघका अध्यक्ष विकास परियारलागायतका पनि अतिथि रहेका थिए ।
















प्रतिक्रिया