स्वीटजरल्याण्ड । गैर आवासीय नेपाली संघ बेल्जियमको ११औ वार्षिक साधारण सभा गत २३ अक्टोबर २०१६ का दिन बेल्जियमको लुभेन शहरमा सम्पन्न भएको छ ।
वार्षिक साधारण सभा उद्घाटन र बन्द सत्र गरी सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथीमा नेपाली दुताबास ब्रसेल्सका का.वा. राजदूत घनश्याम भण्डारी, बिशिष्ट अतिथी गैर आबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका केन्द्रीय उपाध्यक्ष कुमार पन्त लगायत केन्द्रीय समितिका पदाधिकारीहरु, सल्लाहकार, केन्द्रीय सदस्यहरु, संस्थापक अध्यक्ष, पूर्व तथा निबर्तमान अध्यक्ष, बेल्जियमस्थित सम्पूर्ण नेपाली संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, कलाकारलगायत बेल्जियमबासी गैर आवासीय नेपाली दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
गैर आबासीय नेपाली संघ बेल्जियमका सम्पूर्ण पंजीकृत सदस्यहरुले संस्थाले वर्षभरि गरेको कार्य प्रगती प्रतिबेदन, आर्थिक प्रगती प्रतिबेदन, महिला संयोजकबाट प्रस्तुत प्रतिबेदन र बिधान मस्यौदा समितिबाट प्रस्तुत बिधानलाई केन्द्रीय बिधानको मूल आधारमा रही बेल्जियमको आन्तरिक संस्था संचालनको लागि तयार गरीएको बिधान लगायत समितिले वर्षभरि गरेका सम्पूर्ण बैठक, भेला र छलफलबाट गरिएका सम्पूर्ण निर्णयहरुलाई पारित गरिएको छ ।
एसेन्टा मेलाको प्रतिवेदनलाई भेलाले निर्देसन गरे अनुसार गैर आवासीय नेपाली संघ बेल्जियम संग सुरक्षित रहेको र बाहिर आएको प्रतिवेदन आधिकारीक नभएको बिषयमा ध्यनाकर्षण गराउदै भ्रममा नपर्न हुन गैर आवासीय नेपाली संघ बेल्जियमले अनुरोध गरेको छ ।















प्रतिक्रिया