१३ कार्तिक २०८३, शुक्रबार

लोकमानबारे यस्तो छ कांग्रेसको भित्री योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congress-nepali-sherbahadur-deubaकाठमाडौं, ९ कात्तिक । अख्तियार प्रमुख लोकमासिंह कार्कीविरुद्ध संसदमा दर्ता महाभियोग प्रस्तावमा कांग्रेसले औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

केन्द्रीय समितिको बैठकमा सदस्यहरुको धारणा सुनेपछि सभापति शेरबहादुर देउवाले लोकमाविरुद्ध लागेको आरोप र उनको स्पस्टीकरण सुनेपछि मात्रै औपचारिक निर्णयमा पुग्ने संकेत दिएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

‘लोकमानले आरोप कसरी जवाफ दिन्छन्, त्यसपछि मात्रै पार्टीको औपचारिक धारणा आउँछ’, देउवा निकट एक केन्द्रीय सदस्यले भने,’ त्यसैले संसदको महाभियोग समितिले कार्कीमाथि लगाइएका सात आरोपबारे स्पस्टीकरण लिएपछि मात्रै कांग्रेसले निर्णय गर्छ ।’

कांग्रेसले कार्कीको स्पस्टीकरणपछि मात्रै औपचारिक निर्णय गर्ने भने पनि विपक्षमा मतदानको सम्भावना एकदमै न्यून रहेको उनको भनाइ छ ।