३० आश्विन २०८३, शुक्रबार

प्रहरीका भाइले गरे यस्तो ‘कु’ कर्म, जम्मा चार पटक यौनसम्पर्क

27.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian-girl-mahilaभिलाई । भारतको छत्तिसगढ राज्यको महासमुंदमा १४ वर्षीया किशोरीलाई एक पुलिस अधिकारीका भाइले जबरजस्ती यौनसम्पर्क गरेर गर्भवती बनाएको खुलासा भएको छ ।

गएको बुधबार किशोरीलाई गर्भवती बनाएको खुलासा भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । गर्भवती भएकी युवती आमा छैनिन् । बाबु पनि अपाङ्ग छन् ।

किशोरी गर्भवती भएको उजुरी प्रहरीमा दिए पनि प्रहरी अधिकारीको भाइ भएका कारण दबाबमा परेर आरोपी राकेश साहूलाई पक्राउ गर्न मानेको थिएन् । तर किशोरीका बाबुले बाल संरक्षण आयोगका अध्यक्ष शताब्दी पाण्डेयसँग आरोपीलाई पक्राउ गरेर कारबाहीको माग गरेपछि आरोपी राकेश साहू पक्राउ परेका छन् ।

राकेशलाई पक्राउ गरेर कारबाही चलाउन अध्यक्ष शताब्दी पाण्डेयले प्रहरी उच्च अधिकारीलाई धम्की दिनु परेको थियो । आरोप राकेश १९ अक्टोबरमा पक्राउ गरेका हुन् ।

२२ वर्षीय राकेशले ७ मा अध्ययनरत १४ वर्षीया किशोरीलाई जबरजस्ती चार पटकसम्म यौनसम्पर्क गरेको प्रहरी भनाइ छ । चार पटकको यौनसम्पर्कपछि किशोरी गर्भवती भएको पीडित पक्षको भनाइ छ । किशोरीको गर्भमा अहिले ६ महिनाको शिशु रहेको स्वास्थ्य परीक्षणले देखाएको छ ।

एसआई संतोषी अग्रवालले आरोपी राकेश साहूलाई कानून बमोजिम हदैसम्मको कारबाही हुने बताएकी छिन् । किशोरीले अहिले बाल गृहमा राखिएको छ । राकेश साहूकी दिदी प्रहरी उच्च अधिकारी हुन् । उनकै दबाबमा किशोरीले न्याय पाउन ढिलाइ भएको डीएसपी मोहन मोटवानीले स्वीकार गरेकी छिन् । – एजेन्सी