३० आश्विन २०८३, शुक्रबार

आफ्ना श्रीमानसँग यी ५ कुरा लुकाउँछन् महिलाहरु

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

wife_kept_secret_from_husband_10_05_2016एजेन्सी । प्रायः गरेर हाम्रो दैनिक जीवनमा केही यस्तो कुरा पनि हुन्छन्, जसलाई हामीले अरुहरुलाई बताउन चाहँदैनौँ ।

कयौँ पटक त जीन्दगीभरि साथ दिने पति पत्निले पनि आफ्ना धेरै कुरा एकअर्कालाई बताउन चाहँदैनन् र मनको कुरा मनमा नै दबाएर राख्छन् ।

भनिन्छ, ‘आइमाइ’ले मनमा कुनै पनि कुरा पचाउँन सक्दैनन् । तर, महिलाहरुको जीवनमा केही यस्तै कुरा हुन्छन् जसलाई उनले जीवन साथीसँग पनि भन्दैनन् किनभने उनले यो आफ्नो वैवाहिक जीवनको लागि राम्रो हुँदैन भनेर सोच्छन् ।

पढ्नुहोस् यी हुन् त्यस्तै केही कुरा जसलाई महिलाहरुले आफ्नो पतिसँग पनि लुकाएर राख्छन्:

१) महिलाहरुले आफ्नो पहिलो प्रेममा बितेका पलहरुको बारेमा बताउन चाहँदैनन् । त्यो कुरालाई उनले बिर्सन सक्दैनन् अर्थात त्यो कुराको लागि उनको मनमा अझैपनि सम्झना आई नै रहन्छ । यसको बारेमा उनले आफ्नो पतिसँग कुरा बताउन चाहँदैनन् ।

२) पति पत्निको कुनै कुरालाई लिएर दुबै जना सहमत हुँदैनन् । तर, लडाँई झगडा हुनबाट बाँच्नको लागि पतिको प्रत्येक कुरामा हँ मा हँ मिलाउँछन् । यद्यपि यो कुरालाई पनि पत्निले लुकाएर राख्छिन् ।

(३) महिलाले आफ्नो पतिलाई आफ्नो बिरामी भएको कुरा पनि लुकाउँछन् । उनीहरु यस्तो यसकारण गर्छन् कि बिरामीलाई लिएर पतिले आपत्ति खेप्नु नपरोस् ।

४) ‘आइमाइ’को बारेमा यो कुरा साँचो हो उनको कोही नै कोही सिक्रेट जरुर हुन्छन्, जसलाई आफ्नो बानीले सजाएर राख्छन् तर आफ्नो पतिलाई बताउन चाँही हिच्काउँछन् ।

५) घरेलु खर्चबाट बाँचेको रुपैयाँ पनि पत्निले आफ्नो पतिबाट लुकाएर राख्छन् पतिलाई बताउन चाँहदैनन् बरु पतिलाई आवश्यक परेको खण्डमा पतिलाई नै दिएर सहयोग गर्छन् ।