१ कार्तिक २०८३, आइतबार

ट्रम्पद्वारा पहिलो एक सय दिने कार्ययोजना प्रस्तुत

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Donald Trumpवासिङटन, ८ असोज । अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफु निर्वाचित भएमा पहिलो एक सय दिन भित्रमा गर्ने कामहरुको योजना प्रस्तुत गर्नु भएको छ ।

गतः शनिबार उहाँले प्रस्तुत गर्नु भएको कार्ययोजनालाई मतदातासँगको आफ्नो “करार” को संज्ञा दिनु भएको छ ।

पेन्सिल्भानिया राज्यको गेट्टिस्बर्गमा आयोजित एक चुनावी पैदलयात्रा (¥याली) लाई सम्बोधन गर्दै न्युयोर्कका यी अर्वपति धनाढ्यले आफ्नो नेतृत्वको भावी नयाँ सरकारको दाबी गरी ऐतिहासिक अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनद्वारा प्रजातान्त्रिक सरकारबारे प्रतिपादितः “जनताको, जनताद्वारा, जनताकै लागि” भन्ने बहुप्रचलित उद्धरणको प्रतिलिपि वाक्यमा आफ्नो नयाँ सरकारलाई संज्ञा दिन भ्याउनुभयो । यस नयाँ सरकारले ह्वाईट हाउसलाई सफा गर्न चाहेको पनि बताउनु भयो ।

परिवर्तन र “सबै अमेरिकी जनता विरुद्ध” खडा भएकी भन्दै डेमोक्रयाटिक पार्र्टीकी उम्मेदवार, आफ्नी प्रतिद्वन्दी हिलारी क्लिन्टनलाई उहाँले सोही सम्बोधनको क्रममा आरोप पनि लगाउनु भयो ।

आफ्नो चिरपरिचित आक्रामक शैलिमा ट्रम्पले “हाम्रो यो अभियानले परिवर्तनकारीहरुको प्रतिनिधित्व गर्दछ र यस्तो परिवर्तन जीवनमा एक पटक मात्रै आउँछ,” अठोटका साथ उहाँले भन्नुभयो ।

कार्ययोजनाको नाममा जे सुकै दाबी गरे पनि, ४० मिनेट लामो सो सम्बोधनमा नयाँ प्रस्ताव केही पनि थिएन । केवल उहाँका पुरानै योजनाहरुलाई नयाँ बाक्यसंयोजनबाट प्रस्तुत गरिएको मात्र थियो ।

एकसयदिने योजनाको मुख्य प्रस्तावनामा उहाँले आफु राष्ट्रपति भएमा विश्वभरबाट अमेरिकामा ओइरो लागेको अवैध आप्रवासनलाई नियन्त्रण गर्न अमेरिकी संसद् (काँग्रेस) लाई कसिकसाउ गरी ठोस ऐन, कानूनको निर्माण गरेरै छाड्ने दाबी गर्नु भयो ।

अर्थतन्त्रको क्षेत्रमा उहाँले १० बर्षमा २ करोड ५० लाख थप रोजगारी सृजना गर्ने, अन्तर्राष्ट्रिय बाणिज्य तथा व्यापार सम्वन्धी पुराना सम्झौताहरुको पुनरावलोकन गरी नयाँ सम्झौता कार्यान्वयनमा ल्याउने, संयुक्त राष्ट्रसंघीय विश्वव्यापी जलवायु परिवर्तन नियन्त्रण कार्यक्रमलाई गै रहेको अरबौं डलरको आर्थिक सहयोग रद्द गरी सो धनराशी जलवायु परिवर्तन नियन्त्रण सम्बन्धि आफ्नै आन्तरिक सुदृढिकरणमा लगानी गर्ने योजना रहेको घोषणा गर्नु भएको छ ।

“आउँदो नोभेम्बर ८ मा सम्पूर्ण अमेरिकी मतदाताहरुले हाम्रो मुलुक र हाम्रो समुदायलाई समृद्धि तर्फ लैजान र इमान्दार सरकार चयन गर्न यो सयदिने कार्ययोजनाको पक्षमा मतदान गर्नुहुनेछ,” ट्रम्पले भन्नुभयो । – सिन्ह्वा