२० कार्तिक २०८३, शुक्रबार

मह उत्पादन गर्ने किसानलाई थाहा भएन मह वर्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maha-rukum

– अमरराज पुन

रुकुम, ७ कात्तिक । जाजरकोटमा आर्थिक वर्ष २०७३/०७४ लाई मह वर्ष घोषणा गर्ने निर्णय गरेपनि मह उत्पादन गर्ने किसानलाई भने थाहा नभएको पाईएको छ ।

सबै कार्यक्रम जिल्ला सदरमुकाममा मात्र तय हुने भएकाले ग्रामीण क्षेत्रका किसानहरुलाई थाह नभएको डाँडागाउँका अगुवा किसान पुर्णबहादुर खत्रीले बताउनुभयो । मह वर्ष घोषणाका लागी जिल्लामा एक समिति समेत गठन गरेपनि त्यो कुरा मह उत्पादन गर्ने किसानलाई सामान्य जानकारी नहुँदा मह वर्षको विषयमा आफूलाई शंका लागेको खत्रीको भनाई छ । जिल्लाको डाँडागाउँ गाविसको पाली र कल्पत तथा लहँ, खगेनकोट लगाएतका अन्य गाविसमा मह उत्पादन बढी हुने गर्दछ ।

जिल्ला परिषद्ले निर्णय गरेको करिव सात महिना पछि मह वर्ष घोषणा गर्नका लागी एक समिति गठन गरिंदा उक्त घोषणाले खासै गती लिन नसक्ने नागरिक अगुवा राजेन्द्र विक्रम शाहको भनाई छ । मह वर्ष घोषणा गर्ने समितिका सदस्य समेत रहेका शाहको सो कुराले महवर्ष घोषणामा थप अन्यौलाता थपिएको छ ।

मह वर्ष घोषणका लागि हुने विभिन्न वैठक तथा छलफलमा समेत स्थानिय केही सञ्चार माध्यमलाई जानकारी नगराउँदा संचारमाध्यममा कार्यरत संचारकर्मी तथा पत्रकारले समेत असन्तुष्टी व्यक्त गरेका छन् । विभिन्न वैठकमा मह वर्ष घोषणा गर्दा सबै भन्दा पहिला मह उत्पादन गर्ने किसानहरु सम्म उक्त सन्देश पुर्याउनु पर्ने तथा किसानका समस्याबारे पनि छलफल हुनुपर्ने बहस भएपनि बैठक पुस्तिकामा लेख्नु वाहेक अरु विकास नभएको वैठकमा सहभागीको गुनासो रहेको छ ।

तर, गएको शुक्रबार बसेको कार्यदलको बैठकले भने यस वर्षको मंसिरमा जाजरकोट जिल्लामा मह महोत्सव मनाउने निर्णय गरिसकेको छ । मौरी र मह उत्पादनका लागि मध्यपश्चिमकै सम्भावनायुक्त जाजरकोट जिल्लामा उत्पादित महको वजारीकरणलाई सुव्यवस्थित गर्न यस वर्ष मह महोत्सव मनाउन लागिएको जाजरकोटका बरिष्ठ कृषि विकास अधिकृत डा.श्रीराम घिमिरेले बताउनुभयो ।

महको भण्डारण मानिने जाजरकोट जिल्लामा ४३ मेट्रीकटन मह उत्पादन हुने तथ्याङ्क सार्वजनिक समेत गरिएको छ ।