१९ कार्तिक २०८३, बिहिबार

जुगाडा स्वास्थ्य चौकीद्वारा एम्बुलेन्स सञ्चालन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ambulance

बाजुरा, ७ कात्तिक । जुगाडा स्वास्थ्य चौकीले एम्बुुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।

गरिब तथा विपन्न समुदायका विरामीलाई सेवा प्रदान गर्ने गरी एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको हो । एम्बुलेन्स नेपाल भारत मैत्री संघको सहयोगमा प्राप्त भएको जिल्ला अध्यक्ष जुना दानीले बताईन् ।

प्राप्त एम्बुलेन्सलाई काँग्रेस नेता एवं पूर्व भूमिसुधा सहायक मन्त्री जनक राज गिरीले जिल्ला स्वास्थ्य कार्यालयका निमिक्त कार्यालय प्रमुख डाक्टर रोहीत गिरीलाई हस्तान्त्रण गरेका हुन् । विगत चार वर्षदेखिको प्रयास सफल भएको मैत्री संघ केन्द्रंीय समिति सल्लाहकार समेत रहेका गिरीले बताए ।

एम्बुलेन्सलाई विशुद्ध विपन्न वर्ग समुदायका विरामीको सेवामा प्रयोग गर्ने एम्बुलेन्स सञ्चालन समिति संयोजक गोपाल कार्कीले बताए । महँगो भाडा तिरेर जिल्ला बाहिर जान नसक्ने परिवारका लागि लक्षित गरेर एम्बुलेन्स सञ्चालन गरेका हौं, कार्कीले भने । से १ त १६०६ नम्बरको एम्बुलेन्सलाई जिल्ला स्वास्थ्यले जगाडा स्वास्थ्य चौकीलाई हस्तान्त्रण गरी सञ्चालनमा आईसकेको छ ।

निजि आपतकालिन अवस्थामा निजि गाडीले विरामीलाई बोक्न पनि महँगो भाडा लिने, दुर्गम पहाडी क्षेत्रमा भनेको बेला यातायाताका साधन समेत नपाउने हुँदा एम्बुलेन्स सञ्चालन पछि ठूलो सहयोग पुग्ने स्थानीयको आश छ । स्वास्थ्इ चौकीसम्म ग्रामिण सडकको पहुँच पुगेपछि झनै सजिलो भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको स्वामित्व रहने गरी जुगाडा स्वास्थ्य चौकीले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । दुर्गम क्षेत्रका विरामीलाई छिटो छरितो सेवाका लागि एम्बुलेन्स सञ्चालन गरिएको नेपाल भारत मैत्री संघ बाजुरा अध्यक्ष जुना दानीले बताइन् । विशुद्ध गरिब विपन्नलाई लक्षित गरेर ल्याएको हुँदा सही सदुपोग हुनु पर्नेमा दानीको जोड छ ।

यो सँगै जिल्लामा एम्बुलेन्सको संख्या ३ पुगेको छ । यस अघि सभासद डबल शाहको संसद विकास कोष र भारतीय दुतावास बाट बाह्विस रेडक्रस शाखाले एम्बुलेन्स सञ्चालन गरिरहेको छ । एम्बुलेन्स सञ्चालन पछि विरामीलाई ठूलो राहत पुग्ने संघका कोषाध्यक्ष हर्क थापाले बताए ।