१९ कार्तिक २०८३, बिहिबार

पिङको डोरी घाँटीमा बेरिदा १३ वर्षीय किशोरीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, ७ कात्तिक । दैलेखमा एक किशोरीमा पिङमा झुण्डिएर मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नारायण नगरपालिका–९ बाँसकोट डोप्का बस्ने रत्नबहादुर सोनीको १३ बर्षीया छोरी कमला सोनीको पिङको डोरी घाँटीमा बेरिदा मृत्यु भएको हो ।

शनिबार घरमा कोही नभएको अवस्थामा घरको बार्दलीमा प्लाष्टिकको डोरीको पिङ बनाई खेल्ने क्रममा डोरी घाँटीमा बेरीन गएर उनको मृत्यु भएको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।