१९ कार्तिक २०८३, बिहिबार

हेलिकप्टर चढेर भारतीय राजदूत राय पूर्वको यात्रामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ranjit-rayखोटाङ, ७ कात्तिक । भारतीय राणजित रायले खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीको दर्शन गर्नुभएको छ ।

शनिबार हेलिकप्टरबाट हलेसी आउनुभएका राजदूत रायले दर्शनसँगै हलेसीका प्राकृतिक सुन्दरताको अवलोकनसमेत गर्नुभयो ।

मन्दिरभित्र आधा घन्टा बिताएर बाहिरिनुभएका रायले केही समय स्थानीयवासीसँग छलफलसमेत गर्नुभएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो ।

हलेसी आउनुभएका रायले दर्शन एवम् हलेसीको अवलोकन गरेर हेलिकप्टरबाटै फर्किनुभएको छ ।

भारतीय राजदूतको आगमनले हलेसीमा भारतीय दर्शनार्थी एवम् पर्यटक बढ्ने उद्योग वाणिज्य सङ्घ खोटाङका पूर्व अध्यक्ष खुसनारायण सैँजूले दाबी गर्नुभयो ।

भौगोलिक रुपमा विकट खोटाङको हलेसीमा दैनिकजसो हेलिकप्टरमा देश तथा विदेशबाट पर्यटक आउने गरेका छन् । रासस