२९ आश्विन २०८३, बिहिबार

‘बतास मोटरका मालिकले पारे बिचल्ली’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

db-gurung-batas-group-bibad

काठमाडौं, १६ भदौ । बतास ब्रदर्स मोटर प्रा.लिका नेपालस्थित सञ्चालक शान्ताराज बतास र आनन्दराज बतासको आर्थिक प्रलोभनमा काठमाडौंका सिडिओले आफ्नो बिचल्ली पारेको एक व्यवसायीले आरोप लगाएका छन् ।

बतास दाजुभाईको प्रलोभनमा काठमाडौंका सिडियो वसन्तराज गौतमले कानुन हातमा लिएर अधिकार क्षेत्रभन्दा बाहिर गएर काठमाडौं धापासी–८ स्थित डिबी गुरुङले सञ्चालन गर्दै आएको काउन्टी मोटर वर्कशप कब्जा गर्न सहयोग गरेको भन्दै पीडित गुरुङले कानुनी कारवाहीको माग गरेका छन् ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पीडित डिबी गुरुङ्ले कानुनलाई आफ्नो हातमा लिएर काठमाडौका जिल्ला प्रशासन कार्यलयका प्रमुख गौतमले बतास ब्रदर्स मोटर प्रा.लिका सञ्चालकहरुबाट लाखौं रकम घुस लिएपछि आफ्नो वर्कशप गुण्डाहरु प्रयोग गरि कब्जा गरेको आरोप लगाउँदै तत्काल कानुनी कारवाहीको माग गरेका हुन् ।

कार्यक्रमा बोल्दै पीडित गुरुङले भने– ‘मैले विगत बीसौ वर्षदेखि वर्कसप सञ्चालन गर्दै आएको थिएँ । वर्कशप सम्बन्धी विवाद अहिले पनि अदालतमा विचाराधिन छ । त्यसैले अदालतमा विचाराधिन मुद्या अन्तिम निर्णय नहुन्जेलसम्म जिल्ला प्रशासन कार्यालयले हस्तक्षेप गर्न पाउँदैन, मलाई आश्चर्य लागेको छ । जिल्ला प्रशासन कार्यलयले अदालतमा विचारधिन मुद्या हुँदाहुँदै बलजफ्दी प्रहरी प्रशासन प्रयोग गरि वर्कशप कब्जा गरिएको छ । यो लोकतन्त्रमा दिउँसै यसरी प्रशासनले नै ठाडो हस्तक्षेप हुँदा नागरिकले न्याय कहाँबाट पाउने ?’

गुरुङले नागरिकको सुरक्षा गर्नुपर्ने प्रशासन प्रमुख नै पैसाको प्रलोभनमा परि सर्वसाधारणलाई दुःख दिएको भन्दै तत्काल आफूलाई न्याय दिलाउन आग्रह गरेका छन् । उनले भने– ‘मेरो वर्कशप दिउँसै कब्जा भैरहँदा मैले महाराजगञ्ज प्रहरी बृत्तका प्रमुख सानुराम भट्टराईलाई पटक–पटक खवर गर्दा पनि प्रहरीले कुनै सहयोग गर्नुभएन् । उहाँहरु कोही पनि आउनुभएन् । यसले पनि मलाई शंका लागेको छ कि कतै प्रहरीको मिलेमतोमा नै यस्तो ज्यादती त भएको होईन् ?’