बाजुरा, ६ कात्तिक । नेकपा एमाले बाजुरा जनपरिचालन अभियान लिएर चार महिना गाउँ जाने भएको छ ।
जनतासँग प्रत्यक्ष भेटेरै जनआकांक्षा बुझ्ने र एमालेले राष्ट्रिय राजनीतिमा खेलको भूमिका बारे जानकारी दिन अभियान सहीत गाउँ जाने एमाले पार्टी प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिए ।
जनपरिचालन अभियान सञ्चालन गर्ने बारे नेकपा एमाले जिल्ला कमिटीको १५ औं बैंठकले लिखित निर्णय गरीसकेको छ । “संविधान कार्यान्वयनका लागि जन अभियान २०७३” नाम दिएर अभियान सञ्चालन गर्न लागिएको एमाले नेता लालबहादुर ओलीले बताए । सम्पूर्ण एमालेको जनशक्ति गाउँ केन्द्रीत भएर कार्य योजना सहीत अभियान सञ्चालन गर्ने ओलीले थपे ।
चार महिने अभियान अन्तर्गत जिल्ला देखि वडा स्तरसम्म घरभेट, छलफल, बहस, प्रशिक्षण, आम सभा लगायतका कार्यक्रम सञ्चालन गरिने र सम्पूर्ण जनवर्गिय संगठनलाई त्यसैमा केन्द्रीत गर्ने पार्टी एमाले नेता एवं संगठन विभाग प्रमुख जनक कुमार बोहराले बताए ।
अभियानलाई प्रभावकारी बनाउन पार्टी केन्द्रीय सदस्य एवं बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापाको संयोजकत्वका १ सय १५ जना सदस्य रहेको परिचालन कमिटि गठन गरिएको छ । जसमा पार्टी जिल्ला अध्यक्ष कालीबहादुर शाही उप–संयोजक छन् ।
अभियान पार्टी संविधान निर्माण र सरकार सञ्चालनमा पार्टी खेलेका नेतृत्वदायी भूमिकालाई स्थापित गर्दै आगामी निर्वाचनमा देशकै पहिलो पार्टी बनाउने गरी जनमत तयार पार्न केन्द्रीत हुने भएको छ ।
साथै केपी ओली नेतृत्वको सरकारले ल्याएको लोकप्रिय बजेट र बजेटले देशको दीर्घकालिन विकासमा पुर्याउने योगदान बारे पनि जानकारी दिईने भएको छ ।
संविधान कार्यान्वयन हुन नदिने, राष्ट्रिय स्वाभिमानलाई कमजोर पार्ने, सामाजिक सद्भाव खल्बल्याउने र नेकपा (एमाले) का विरुद्ध भइरहेका षडयन्त्रहरूलाई भण्डाफोर गर्दै संविधानको रक्षा तथा कार्यान्वयनमा प्रभावकारी भूमिका बनाउनकै लागि अभियान सञ्चालन गर्न लागिएको एमालेले जनाएको छ ।












प्रतिक्रिया