१९ कार्तिक २०८३, बिहिबार

एमाले पाल्पाको अधिवेशन सम्पन्न, अध्यक्षमा आचार्य चयन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-logoपाल्पा, ६ कात्तिक । नेकपा (एमाले) पाल्पाका जिल्ला अध्यक्षमा नारायणप्रसाद आचार्य आज सर्वसम्मत चयन हुनुभएको छ ।

आठौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा मोहन थापा, सचिवमा ओमबहादुर घर्ती मगर र उपसचिवमा खिमानन्द पाण्डे चयन हुनुभएको सचिवालय सदस्य देविलाल लामिछानेले बताउनुभयो ।

अन्य सदस्य चयनका लागि सहमतिको प्रयास भइरहेको छ । अधिवेशनले ५९ जिल्ला सदस्य चयन गर्ने एमालेले जनाएको छ । रासस