१९ कार्तिक २०८३, बिहिबार

सुक्खा पहिरोका कारण विद्युत्को ट्रान्सफर्मरमा क्षति

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

transformer-fireगुल्मी, ६ कात्तिक । गुल्मीको सदरमुकाम तम्घासस्थित ओखरेनीमा शुक्रबार सुक्खा पहिरोले विद्युत्को ट्रान्सफर्मर पुरिदिएपछि तम्घासको उदीनढुङ्गा बजार क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । ओखरेनीमा शुक्रबार १०० केभीको ट्रान्समिटर माथिबाट ठूलो पहिरो खस्दा विद्युत् सेवा अवरुद्ध बनेको हो ।

विद्युत् अवरुद्ध भएसँगै सदरमुकाम तम्घासबाट भुवनपानी, बालकाटे, नयाँगाउँलगायतका क्षेत्रमा जाने सडक समेत पहिरोले अवरुद्ध बनेको छ । पहिरोका कारण रेसुङ्गा नगरपालिका–८ अन्तर्गत बेदुखर्कको सिङ्गो गाउँ र तम्घास बृहत् खानेपानी आयोजना समेत उच्च जोखिममा परेको छ ।

अवरुद्ध विद्युत् सेवा सुचारु गर्नका लागि ट्रान्सफर्मर राख्ने ठाउँको अभाव भएका कारण विद्युत् सेवा सुचारु गर्न केही दिन लाग्न सक्ने नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख दीपक सापकोटाले बताउनुभयो । उहाँका अनुसार पहिरोले विद्युत्को ट्रान्सफर्मर पुरिदिएपछि रु १० लाख मूल्य बढीको क्षति पुगेको छ । रासस