सुर्खेत, ६ कात्तिक । भारत बिहार राज्यस्थित मुजफ्फरपुरको एक बालगृहमा पुर्याइएका ३२ जना नेपाली बालकले आफूहरूलाई घर फिर्ता गरिदिन आग्रह गरेका छन् ।
घरबाट भागेर र आफन्तको प्रलोभनमा भारत पुगेका पाँचदेखि १५ वर्षका बालकलाई त्यहाँको बालगृहमा राखिएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
आफन्तले मजदुरीका लागि लगेका नेपाली बालकलाई भारतको मुजफ्फरपुर जिल्लाको सिकन्दरपुरस्थित निर्देश नामको बालगृहमा राखिएको छ ।
विभिन्न होटेल र कारखानामा मजदुरी गर्दै आएका ती बाल श्रमिकलाई प्रहरीले संरक्षणका लागि बालगृहमा बुझाएको थियो ।
घरको ठेगाना बताउन नसक्ने उनीहरू अभिभावक पनि सम्पर्कमा नआएपछि बालगृहमै बस्न बाध्य छन् ।
तीन महिनासम्म उक्त बालगृहमा रहेका दैलेखका तीनजना बालकको भने उनीहरूका आफन्तद्वारा उद्धार गरिएपछि ३२ जनाको अवस्था सार्वजनिक भएको हो ।
आफन्तबाट ललाइफकाई भारत पुर्याइएका दैलेख दुल्लुका १४ वर्षीय सुन्दर वन, १५ वर्षीय सुरत गिरी र १५ वर्षीय टीकाराम पुरीलाई एक गैरसरकारी संस्थाको सहयोगमा उद्धार गरिएको हो ।
उनीहरूलाई शुक्रबार घर ल्याइएको छ । उनीहरूसँगै थुनिएका ३२ नेपाली बालक भने अहिले पनि बालगृहमै छन् ।















प्रतिक्रिया