रोम । नेपाली समाज रोमले दसैँ तथा तिहारको शुभकामना अदालन प्रदान गर्ने उदेश्यका साथ गत आइतबार विशेष कार्यक्रम गरेको छ ।
समाजका अध्यक्ष देव गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो । गुरुङले विदेशमा रहेका नेपालीहरूवीचको सम्पर्क र सानिध्यतालाई अझ मजबुत बनाउन शुभकामना आदान प्रदानको कार्यक्रम राखिएको बताए ।
एनआरएन इटलीका उपाध्यक्ष हेमराज जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका अतिथिहरूमा नबुराम खतिवडा, प्रकाश महर्जन, राधिका क्षत्रीलगायत रहेका थिए ।
शुभकामना आदन प्रदान कार्यक्रम प्रमुख अतिथि उपाध्यक्ष हेमराज जोशीले नेपालीहरू विश्वको जुन कुनामा बसे पनि आफ्नो कला र संस्कृतिलाई भुल्न नसक्ने बताए ।
‘हामी जहाँ बसौँ तर मिलेर बसेका हुन्छौँ, यही नै हो नेपालीहरूको पहिचान’, जोशीले भने, ‘चाढ पर्वका बेला हुने यस्ता खालका कार्यक्रमले नेपालीहरूलाई एउटै मालामा गाँसेर राख्न ठूलो भूमिका खेल्छ ।’
सहभागीहरूलाई भव मल्लले स्वागत गरेको कार्यक्रमलाई सविन श्रेष्ठले सञ्चालन गरेका थिए ।
















प्रतिक्रिया