इलाम, ६ कात्तिक । रक्षामन्त्री बालकृष्ण खाँडले पुर्वराजा ज्ञानेन्द्र शाहको सकृयता बढेकोप्रति संकेत गर्दै पूर्वराजाले निहुँखोजे नागार्जुनबाट पनि हटाउने चेतावनी दिएका छन् ।
नेपाल तरुण दल इलामले शुक्रबार आयोजना गरेको संविधानको कार्यान्वायनमा युवाको भूमिका विषयक अन्तरक्रियालाई सम्बोधन गर्न आएका उनले पूर्व राजा लेखेर राजाको हैसियतमा काम गर्न खोजेको भन्दै सो चेतावनी दिएका हुन् ।
उनले माथि पूर्वलेखेर तल श्री ५ लेख्न थालेको भन्दै सो काम घोर आपत्तिजनक भएको बताए । उनले भने, ‘कुनामा पुगाएको मान्छेले आफ्नै स्थानमा बस्नुपर्छ ।’
उनले एमालेको किचलोका कारण संविधान कार्यान्वयन हुन नसकेको आरोप लगाए । रक्षामन्त्री खाँडले भने, ‘हिजो पनि संविधान कार्यान्वायन हुन सहयोग नगरेको र अहिले पनि किचलो निकालेको छ ।’












प्रतिक्रिया