१ कार्तिक २०८३, शनिबार

नेपाल-प्रवासी तराई-मधेश मञ्च कतारको अधिवेशन सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

qatar2दोहा । तराई मधेश लोकतान्त्रिक पार्टीको भातृसंगठन नेपाल प्रवासी तराई मधेश मञ्च कतारको प्रथम अधिवेशन भव्यताका साथ कतारको दोहामा सम्पन्न भएको छ ।

अधयक्ष मो.अहमद्दीन खानको अध्यक्षतामा र तराई मधेश लोकतान्त्रिक पार्टीको उपाध्यक्ष बृषेशचन्द्र लालको प्रमुख आतिथ्यमा सम्पन्न सो अधिवेशनमा लगभग ५०० बढी प्रतिनिधिहरुको उपस्थिति थियो ।

अधिवेशनलाई सम्वोधन गर्दै तमलोपाको उपाध्यक्ष बृषेश चन्द्र लालले समानता, स्वशासन, जनसंख्याको आधारमा प्रतिनिधित्त्व र राज्यका अंगहरुमा समानुपातिक समावेशिताको बिरोध गर्ने लोकतन्त्रवादी वा साम्यवादी हुन सक्दैन भन्दै सबैलाई स्वीकार्य हुने राष्ट्रियताको आधार र बराबरी नै राष्ट्रलाई बलियो बनाउने एक मात्र आधार हो भन्नु भयो ।

मधेशमाथि बिभेद लाद्न खोज्ने, मधेशीलाई भारतको ईशारामा चल्ने आरोप लगाउनेहरु देश जनताको विभाजनको अभियानमा लागेको आरोप लगाउँदै वहाँले उग्रराष्ट्रवादी यस्ता तत्त्वहरु देशलाई विखन्डित गर्ने वातावरण बनाउने कार्य गरिरहेको बताउनु भयो ।

लालले अधिकारसंग सम्झौता हुँदैन, आन्दोलनको स्वरुप मात्र बदलेका हौं र राज्यपक्षलाई एउटा मौका दिएका हौं भन्दै वहाँहरुले हाम्रो मांगबारे अहिले बहुरुपियाहरु जस्तै नौटन्की मात्र गरिरहेको तथ्य हामीले बुझेको र छठपछि पहिलेभन्दा पनि विकट आन्दोलन हुने ठोकुवा गर्नु भयो ।

तमलोपाका केन्द्रिय सदस्य सुरेश मण्डलले काँग्रेस, एमाले र माओवादीहरुमा रहेका मधेशीहरुलाई तत्काल मधेशको आनदोलनमा आउनु पर्ने बताउँदै अब मधेश नाटक नौटन्कीले पर्खिन नसक्ने बताउनु भयो ।

अधिवेशनमा महामन्त्री चन्द्रवीर यादवले उद्घोषण, प्रदीप यादवले स्वागत भाषण, नेपाली मुस्लिम समाजको हफिज सैयद, हेल्प मधेशको बीरेन्द् साह, कतार इन्जीनीयर एसोसिएशनको अध्यक्ष श्रवण झा,नेपाल जनसम्पर्क समितिको सुनिल मण्डल, नेपा लजनसम्पर्क समितिको संस्थापक अध्यक्ष साकिर अली, कतार नेपाल एकता समाजको लुमाकान्त पुन, फोरम लोकतान्त्रिकको केस उमाशंकर अड़गड़ियाले मनतव्य व्यक्त गर्नु भएको थियो ।

नेपाली राजदूतावासको द्वितीय सचिव गायत्री पौडेलले पनि अधिवेशनमा शुभकामना मनतव्य दिनु भएको थियो ।

दोहाको शालिमार होटलमा सम्पन्न नेपाल(प्रवासी तराई(मधेश मञ्च कतारको सो प्रथम अधिवेशनले निम्नानुसारको नयाँ कार्यसमिति सर्वसम्मतिबाट गठन गरेको छ – मो.अहमद्दीन खानलाई अध्यक्ष, श्री उपेन्द्र गोदानलाई उपाध्यक्ष, चन्द्रबीरकुमार यादवलाई महान्त्री, राम गुप्तालाई सहमहामन्त्री, मो.यासिन राइनलाई कोषाध्यक्ष तथा सदस्यहरुमा अब्दुल सलामुद्दीन खान, शिवकुमार महतो, राजीव चौधरी कुर्मी, मो.मुजाहिद, दिवाकर झा, सुरेन्द्र कुमार दास, राजकिसोर साह, शयाम कुमार साह, कुशेशर साफी, बिशनु लोहिया चन्द्रभान कुहार ,हबिब राइन,शे ख मोकादाम, राम अशीष गुरमैता यादव, राम बालक रोहिता, हुसैन कासिम राइन, संयोगी कापर, रोहित भण्डारी, होरिल यादव, मो.अजमल मियाँ, मो.मुदासर, तेजीलाल मण्डल, सुरेश प्रसाद यादव, राम कुमार महतो तथा श्यामानन्द झा निर्वाचित हुनु भएको छ ।

श्री प्रदीप कुमार यादवको संयोजकत्त्वमा श्री उमेश कुमार खड्गा, गिरधारी गुरमैता, अरविन्द कुमार बुधनगरिया, मो.अबु कासिम मुसलमान, मो.इस्लाम अली खान, संजय प्रसाद शर्मा समेतको सल्लाहकार समिति गठन गरिएको छ । त्यस्तै मो.अब्दुल हाई खान र मो. होसामुद्दीन खानलाई अनुशासन समितिमा राखिएको छ ।