१२ कार्तिक २०८३, बिहिबार

निर्माण सम्पन्न नहुँदै भत्कन थाल्यो सडक, विकास निर्माणमा यति धेरै अनियमितता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadak-nabalparasiकाठमाडौं, ६ कात्तिक । कान्ति लोकपथअन्तर्गतको लेले टीकाभैरव–भट्टेडाडा सडक खण्ड निर्माण सम्पन्न नहुँदै भत्कन थालेको छ ।

पीआर निर्माण सेवाले निर्माण गरेको सडकको लप्से खण्डमा भत्कन थालेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

‘ठेकेदारले सडक निर्माणकोक्रममा कमसल सामानको प्रयोग गरेको स्पष्ट देखिन्छ’, उनले भने, ‘आवश्यक छानविन गरी दोषीलाई कारबाही गर्नुपर्यो ।’

उनका अनुसार उक्त बाटो भएर विद्यालय जाने बालबालिकासमेत मर्कामा परेका छन् ।

कान्ति लोकपथ सडक योजना प्रमुख दिपक केसीले मर्मतका लागि ठेकेदार कम्पनीलाई पत्र पठाइसकिएको बताए ।

‘ठेकेदारले बर्खाको पानीको भेलले गर्दा भत्किएको भनी स्पष्टीकरण दिएको छ’, उनले भने, ‘दसै र तिहारका बीचमा कामदार नपाएकाले काम रोकिएको हो ।’

उनले बर्खाका कारण निर्माणाधीन सडक भत्कनु सामान्य भएको बताए ।

‘भट्टेडाडामा पनि भएको थियो’, उनले भने, ‘त्यहाँ मर्मत भइसकेको छ ।’

हेटौडालाई काठमाडौं जोड्ने छोटो, भरपर्दो वैकल्पिक लोकमार्गमा गत आर्थिक वर्षभित्र मालवाहक सवारी साधान गुड्न सक्ने गरि स्तरोन्नती गरिसक्ने सरकारी योजना थियो । तर मिनीबस पनि सञ्चालन हुन गाह्रो छ ।