१९ कार्तिक २०८३, बिहिबार

तीन महिने क्याम्पस प्रमुखको मनपरी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sudarshan-nepal– प्रकाश न्यौपाने

भैरहवा, ५ कात्तिक । त्रिभुवन विश्वविद्यालका आंगिक क्याम्पसहरुमा राजनीतिक भागभण्डा नमिल्दा देशभरका अधिकांश क्यामम्पसहरुमा ३ महिने क्याम्पस प्रमुख नियुक्त भएका छन् ।

छोटो समयका लागि नियुक्त भएका क्याम्पस प्रमुखहरुले लामो इतिहास र बिरासत बोकेको प्राज्ञिक थलोलाई कसरी तहस नहस बनाउँछन् त भनी हेर्न भैरहवा क्याम्पसलाई हेरे पुग्दछ ।

विक्रम सम्बत २०२५ साल भदौ ४ गते तत्कालीन समयमा सिद्धार्थ कलेजको नाममा स्थापित भई हाल भैरहवा बहुुमुखी क्याम्पसको नाममा सञ्चालित यो क्याम्पस त्रिभुवन विश्वविद्यालयका आंगीक क्याम्पसहरु मध्ये पुरानो क्याम्पस हो ।

क्याम्पस सञ्चालनको मुख्य जिम्मेवारी क्याम्पस प्रमुखको हुने गर्दछ । क्याम्पसमा विश्वविद्यालयले ४ वर्षका लागि प्रमुख नियुक्त गर्ने पद्धति छ । राजनीतिक खिचातानी र भागवण्डाको कारण भैरहवा क्याम्पसमा केही महिना यता प्राज्ञिक संक्रमणकता देखिएको छ ।

सह–प्राध्यापक डा.घनश्याम न्यौपाने परिश्रमीको ४ वर्षे कार्यकाल समाप्त भएपछि सो क्याम्पसमा प्रमुख हुनका लागि माओवादी, कांग्रेस र एमाले निकटका प्राध्यापकहरु दौडधुप नै गरका थिए ।

पछि भागभण्डाको हिसाबले माओवादीलाई कोटा परेको हुँदा सह–प्राध्यापक अनिल झा क्याम्पस प्रमुख बने । भागबण्डा अनुसार त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा कांग्रेसलाई, बुटवल बहुमुखी क्याम्पस एमालेलाई र भैरहवा बहुमुखी क्याम्पस माओवादीलाई परेको थियो ।

पद नपाएको झोकमा ३ महिनासम्म क्याम्पसको कुनै पनि पदीय जिम्मेवारी निर्वाह नगरेका प्राध्यापक नेपाल सहितको नेतृत्व क्याम्पस प्रमुख झाको ३ महिने कार्यकाल समाप्त हुनै लाग्दा काठमाण्डौ गएर अनसन समेत बस्ने धम्की दिए ।

पछि उपकुलपतिले बाध्य भएर माओवादी भागमा परेको भैरहवा क्याम्पसमा ०७३ भदौ १२ गते प्राध्यापक सुदर्शन प्रसाद नेपाललाई क्याम्पस प्रमुखको नियुक्ती दिएर पठायो । त्यसपछि नेपाल माला र खादा ओढ्दै क्याम्पस प्रमुखमा विराजमान भए ।