१९ कार्तिक २०८३, बिहिबार

दाङमा बस चलाउने ड्राइभर किसोरी बेचेको अभियोगमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jail-Ma-Manchheकाठमाडौं, ५ कात्तिक । दाङमा बस चलाउने काम गर्दै आएका ड्राइभर नुमाकान्त भुसाललाई दुई किशोरीलाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको अवस्थामा प्रहरीले बाँकेको रुपैडिया नाकाबाट पक्रउा गरेको छ ।

किसोरीलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले नुमाकान्त भुसाल र शिवा भुसालाई पक्राउ गरेको हो ।

प्रक्राउ पर्नेमा देवचुली–१३ नवलपरासीका नुमाकान्त र बाँकेकी शिवा भुसाल रहेका छन् । नवलपरासी मध्यबिन्दु–७ का दुई किसोरीलाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले दुबै जनालाई प्रक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका दुबै जनामाथि मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार कारवाही प्रक्रिया अगाडि बढाएको नवलपरासी जिल्लास्थित इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो ।

उनीहरूलाई नवलपरासी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको थापाले जानकारी दिनुभयो ।

नुमाकान्त भुसाल दाङ–दिल्ली बस चलाउने ड्राइभर हुन् । उनले कक्षा ७ र १० कक्षामा पढ्ने बालिकामध्ये एउटालाई कपाल काटेर केटाको भेषमा र अर्कोलाई केटीकै भेषमा भारत लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो । दुबै बालिकालाई अभिभावको जिम्मा लगाइको प्रहरीले जनाएको छ ।