१२ कार्तिक २०८३, बिहिबार

अन्तर्राष्ट्रिय विमानस्थलमा ठेकेदारले कामै गरेन, तर क्षतिपूर्ति माग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tia-airport-nepalकाठमाडौं, ५ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजना सम्पन्न हुनुपर्ने समयमा करिब १६ प्रतिशत काम मात्र भएको छ ।

स्पेनिस निर्माण कम्पनी सान्जोसे कन्स्ट्रक्टोराले ठेक्का पाएको यस आयोजनाको पहिलो चरणको काम मार्च २०१६ मा नै सम्पन्न भइसक्नुपर्ने थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

आयोजनाको काम मार्च ०१३ मा सुरु भएको थियो । तर, अहिले ठेकेदारले काम रोकेको छ, आयोजना अलपत्र अवस्थामा छ ।

‘आयोजनास्थलमा कहिलेकाहीँ एक–दुईजना मानिस आएर काम गरेजस्तो देखिन्छ’, त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘तर, कामले गति लिएको पाइँदैन ।’

– सञ्जीव गौतम, महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण

ठेकेदार कम्पनीलाई सोधिएको स्पष्टीकरणको जवाफ आइरहेको छ । आगामी अक्टोबरसम्म यही कम्पनीको म्याद बाँकी छ । त्यसपछि मात्र के गर्ने भन्ने सम्बन्धमा निर्णय हुन्छ ।

ठेकेदारले काम गरेन, तर क्षतिपूर्ति माग्यो

सान्जोसेले तोकिएको जिम्मेवारी पूरा गर्न दुई अर्ब ३१ करोड रुपैयाँ क्षतिपूर्ति मागेको छ । पशुपति क्षेत्रबाट माटो ल्याउन नपाएको तथा भूकम्प र नाकाबन्दीका कारण काम गर्न नपाएको भन्दै ‘भेरियसन’ माग गरेको छ । तर, प्राधिकरणले कुनै निर्णय गरेको छैन । तोकिएको समयमा काम नसकिएपछि लगानीकर्ता एसियाली विकास बैंकले आयोजनाको म्याद भने दुई वर्ष बढाएर सन् २०१८ सम्म पु-याएको छ ।

सान्जोसे र प्राधिकरणबीच संरचना निर्माणका लागि ६ करोड १० लाख (करिब साढे ६ अर्ब रुपैयाँ) अमेरिकी डलरको सम्झौता भएको थियो । एसियाली विकास बैंकको ऋण तथा अनुदानमा विमानस्थल विस्तारको काम प्रारम्भ भएको हो । अन्तर्राष्ट्रिय विमानस्थल विस्तारमा एडिबीले आठ करोड डलर लगानी गरिरहेको छ । त्यसमध्ये सात करोड डलर ऋण र एक करोड डलर अनुदान हो ।