१ कार्तिक २०८३, आइतबार

कांग्रेस कार्यकर्ताद्वारा मन्त्रीलाई इट्टा प्रहार, टाउको र गाडीको सिसा फुट्यो

25.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

babul-supriyoआसनमोल, ४ कात्तिक । भारतका केन्द्रीय मन्त्री बाबुल सुप्रियोलाई बुधवार पश्चिम बंगालको आसनसोलमा इट्टा प्रहार भएको छ । इट्टा प्रहारबाट मन्त्री सुप्रियोको टाउकोमा गम्भीर चोट लागेको जनाइएको छ ।

आफूलाई इट्टा प्रहार भएका विषयमा मन्त्री सुप्रियोले केन्द्रीय गृहमन्त्री राजनाथ सिंहलाई जानकारी गराएको बताएका छन् । राजनाथ सिंहले मन्त्री सुप्रियोमाथि भएको घटनाका विषयमा पश्चिम बंगाल राज्य सरकारसँग रिपोर्ट माग्ने बताइएको समाचारमा उल्लेख छ ।

भारी उद्योग एवम् लोक उपक्रम राज्यमन्त्री सुप्रियोले पक्राउ परेका भारतीय जनता पार्टीका आफ्ना कार्यकर्ता रिहाइ गर्न जाने क्रममा तृणमूल कांग्रेसका कार्यकर्ताले इट्टा प्रहार गरेको आरोप लगाएका छन् । ‘तृणमूल कांग्रेसका कार्यकर्ताले मलाई कालो झण्डा पनि देखाए । मलाई थाहा छैन पुलिसले भीडलाई मेरो गाडी तर्फ आउन किन दियो ?’, उनले भनेका छन् ।

तृणमूल कांग्रेसका कार्यकताले इट्टा प्रहार गरेका कारण मन्त्री सुप्रियोको गाडीको सिसा फुटेको स्थानीय प्रहरीले जनाएको छ । इट्टा प्रहारबाट मन्त्री सुप्रियोलाई चोट लागेको छ ।

दुर्गापुर आसनसोलका पुलिस आयुक्त एलएन मीणाले बीजेपी समर्थकले मन्त्री मलय घटकको घरमा घेराव गर्ने योजना बनाउने क्रममा घटना भएको बताएका छन् । बीजेपीका कार्यकर्तालाई आवास तर्फ जान रोकेपछि घटनाले उग्ररुप लिएको बताइएको छ ।

पुलिसले भीडलाई रोकेपछि आसनसोल दक्षिण पुलिस थानातिर भीड बढेको थियो । त्यसपछि बीजेपी र तृणमूल कांग्रेसका समर्थकबीच झडप पनि भएको थियो ।

पुलिस आयुक्त मीणाले घटनामा सामेल भएको अभियोगमा ५७ जनालाई पक्राउ गरिएको बताए । – एजेन्सी