१ कार्तिक २०८३, आइतबार

पाकिस्तानले भारतलाई दियो अर्को झट्का, निर्णय शुक्रबारदेखि लागू हुने

12.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pak-telivisionइस्लामाबाद, ४ कात्तिक । भारत र पाकिस्तानवीचको बढ्दो तनावका क्रममा पाकिस्तानले शुक्रबारदेखि लागू हुने गरी भारतीय टेलीभिजन र रेडियो कार्यक्रमहरू प्रसारणमा पूर्ण रुपमा प्रतिबन्ध लगाइदिएको छ ।

सरकारी निर्णयको उल्लंघन भएमा टेलिभिजन र रेडियो प्रसारकहरूको लाइसेन्स निलम्बन गर्ने समाचारमा चेतावनी दिइएको छ ।

पाकिस्तानको इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरणले संघीय सरकारको आग्रहमा २१ अक्टूबर (शुत्रबार)देखि भारतीय कार्यक्रमहरूलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्राधिकरणले भनेको छ, ‘प्रतिबन्ध २१ अक्टूबर (शुक्रबार)का दिन तीन बजेदेखि लागू हुनेछ । सरकारी निर्णयलाई अहवेलना गर्ने रेडियो र टेलीभिजन स्टेशनको लाइसेन्स स्पष्टीकरण दिने मौका नदिइ निलम्बन गरिनेछ ।’

भारतले आफ्नो मुलुकमा रहेका पाकिस्तानी कलाकारहरूलाई यसअघि देश छाड्न निर्देशन दिइसकेको छ । पाकिस्तान र भारतवीचको बढ्दो तनाबको परिणाम अहिले पनि देखिदै आएको छ । – एजेन्सी