१ कार्तिक २०८३, आइतबार

ट्रम्पलाई अमेरिकी हिन्दूको भोट मिल्ला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dp-1-372x330न्यूयोर्क, ४ कात्तिक । गत साता अबेरतिर जब डोनाल्ड ट्रम्प न्युजर्सीको एउटा र्‍यालीमा पुगे, त्यहाँ जम्मा भएको भीडको अनुहार उनका अन्य चुनावी र्‍यालीभन्दा बिल्कुल फरक थियो । रिपब्लिकन उम्मेदवारको र्‍यालीमा धेरैजसो गोरा अमेरिकी देखिन्छन् तर त्यहाँ धेरैजसो भारतीय मूलका थिए । कैयौँ यस्ता थिए, जो अमेरिकी नागरिक पनि थिएनन् र केही त घुमघामका लागि भारतबाट अमेरिका आएका थिए । गोरा अनुहार औँलामा गन्न सकिन्थ्यो ।

ट्रम्पको आम र्‍यालीमा जुन तरिकाले ताली बज्छ, त्यसभन्दा अधिक ज्यादा ताली त्यहाँ बजेपछि ट्रम्पले भने, ‘म हिन्दूको निकै ठूलो प्रशंसक हुँ र भारतको पनि निकै ठूलो प्रशंसक ।’ उनले भारतलाई आफ्नो सबैभन्दा असल मित्र घोषणा गरे र भने, ‘योभन्दा महत्वपूर्ण हाम्रा लागि अन्य कुनै सम्बन्ध हुन्न ।’

त्यहाँ जम्मा भएका मानिसमध्ये कैयौँका लागि त त्यहाँ ट्रम्प नै आउनेवाला छन् भन्ने थाहा नै थिएन । धेरैजसो त प्रभुदेवा र मलाइका खानको प्रस्तुति हुर्न जम्मा भएका थिए । केहीलाई त भनिएको थियो, भारतका चर्चित कलाकार अतुल पुरोहित आउनेवाला छन् । केही बृजुर्गलाई त त्यहाँ रामायणको सुन्दर–काण्ड पाठ गरिनेछ भनिएको थियो, जसका कारण नवरात्रिको मौसममा उनीहरू त्यहाँ पुगेका थिए ।

त्यही साता एकपछि अर्का महिलाले ट्रम्पविरुद्ध जबर्जस्ती चुमेको, समाएको, अश्लील हर्कत गरेको आरोप लगाइरहेका थिए । तथापि, ट्रम्पले ती आरोपलाई निराधार भन्दै खारेज गरेका थिए । यस्तो आरोपको वर्षालाई नियन्त्रण गर्न लागिरहेका ट्रम्पले यस प्रकारको र्‍यालीमा आएर के हासिल गरे त ?

Donald-Trumpमुसलमान तथा इस्लामी चरमपन्थीविरुद्ध बोलिरहेका कारण ट्रम्प अमेरिका तथा भारतमा पनि कैयौँ हिन्दू गुटबीच लोकप्रिय भएका छन् । कैयौँ मानिस ठान्छन् कि उनी निर्वाचित भए पाकिस्तानविरुद्ध सख्त कदम उठाउनेछन् ।

तर, जमिनी स्थिति हेर्दा अहिल्यै यस्तो देखिन्न । ट्रम्पको हकमा हिन्दू मतदाताको ध्रुवीकरण भइरहेको भन्न सकिन्न । ट्रम्पले एच–वान बी भिजा, जसमातहत हजारौँ भारतीय अमेरिकामा जागिर गर्न आउँछन्, त्यसको विरोध गरेका छन् । उनले तिनीहरूविरुद्ध सख्त कारबाही गर्ने पनि भनेका छन्, जो भिसा अवधि सकिएपछि पनि अमेरिकामै बसिरहेका छन् ।

गत वर्ष प्रकाशित एक रिपोर्टअनुसार अमेरिकामा करिब चार लाख भारतीय गैरकानुनी तरिकाले बसिरहेका छन् । त्यसमा ज्यादातर भिसा अवधि सकिएका छन् ।

– बिबिसी हिन्दीबाट